‘कट अफ डेट’ निर्धारणमा नयाँ व्यवस्था

काठमान्डाैं / आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेका नागरिकले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने व्यवस्था गरेको नेपालको निर्वाचनको इतिहासमा पहिलोपटक रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।