ससफो र राजपाबीचको चुनावी तालमेल, शीर्ष नेतालाई मात्र जिताउन भएको दाबी

काठमाडौँ,  २७ कात्तिक ।  सङ्घीय समाजवादी फोरम (ससफो) नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) ले प्रदेश २ मा मात्र चुनावी तालमेल गरेको भन्दै अन्य प्रदेशका नेताले असन्तुष्टि व्यक्त गर्र्नुभएको छ । पार्टीका शीर्ष नेता आफू जित्ने सुनिश्चितताका लागि प्रदेश २ मा मात्र तालमेल गरेको अन्य प्रदेशका नेताहरूले आरोप लगाउनुभएको