काठमाडौं ७: वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ, १ मंसिर ।  काठमाडौं ७ मा चुनावी सरगर्मी बढेको छ। यस क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रमबहादुर थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजधानीको चर्चित असनदेखि प्रमुख औद्योगिक क्षेत्र बालाजु, वनस्थली, सीतापाइला, स्वयम्भु, नयाँबजारदेखि सोह्रखुट्टेसमेत यसै क्षेत्रमा पर्छ। चर्चित नागार्जुन, शिवपुरीजस्ता पर्यटकीय क्षेत्र