नौ अर्बको भ्रष्टचार गर्ने भ्रष्टचारीलाई अख्तियारले माग्यो तीन अरव धरौटी !

chuda-mani-sharma_M7ufr6GgjXकाठमाडौँ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा सम्लग्न रहेको भन्दै आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई जनही रु तीन अर्बको धरौटी माग गरेको छ ।

आयोगका अनुसार साधारण तारेखमा छुट्ने हो भने महानिर्देशक शर्मासँग रु तीन अर्ब धरौटी माग गरिएको हो ।

आयोगले हाल १२५ कर छुटसम्बन्धी फाइल आयोगले अध्ययन गरिरहेको छ । एक हजार बढी कर छुटसम्बन्धी फाइलको अध्ययन गर्नुपर्ने आयोगको ठहर छ । यस्तै आयोगले तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पनि रु तीन तीन अर्बको धरौटी माग गरिएको छ ।

महत र ढकाल फरार रहेको भन्दै आयोगले सार्वजनिक सूचनामार्फत जानकारी दिन आम नागरिकलाई आग्रह गरेको छ । आयोगको हिरासतमा रहेका महानिर्देशक शर्मालाई गत जेठ १९ गते पक्राउ गरेको थियो । विभिन्न व्यावसायिक संस्था र प्रतिष्ठानलाई रु २० अर्ब बढी छुट दिएको आरोप महानिर्देशक शर्मामाथि लाग्दै आएको छ ।

‘हालसम्म गरिएको अध्ययनका आधारमा धरौटी माग गरिएको हो’– आयोगका उच्च अधिकारीले भने, ‘कुल रुपमा रु नौ अर्ब बराबरको बदमासी गरेको देखिएकाले दामासाहीमा रु तीन÷तीन अर्ब धरौटी माग गरिएको हो । फरार रहेकाको हकमा खोजी कार्यलाई प्राथमिकतामा राखिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी