बेखर्ची भएर फर्केकाको खर्च सरकारले बेहोर्ने

 

मन्त्रिपरिषद्को सोमबार सिंहदरबारमा बसेको बैठकले त्यस कामका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यक पर्ने रकम अर्थ मन्त्रालयले निकासा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनका लागि उपयुक्त स्थानमा क्वारेन्टाइन सञ्चालन गरिने निर्णय गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले राष्ट्र ऋण पाँचौँ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

विश्व बैङ्कको ऋण स्वीकार
विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आयोजना सञ्चालन गर्न ऋणस्वरूप करिब ७१ अर्ब ४० करोड रुपियाँ (६० मिलियन अमेरिकी डलर) ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

छ महिना म्याद थप
त्यसैगरी कोभिड–१९ को जोखिमको दोस्रो लहर चलेको बेला प्रभावित भएका कामका लागि सरकारले छ महिना म्याद थप गर्ने निर्णय गरेको छ । मन्त्री कार्कीका अनुसार कोरोना नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि वा आदेशको अवधिभित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालू अवस्थाका खरिद सम्झौतासम्बन्धी आपूर्तिकर्ता तथा निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताका निवेदनका आधारमा म्याद थपको आधार र औचित्यको विश्लेषण गरी छ महिनासम्म म्याद थप्ने निर्णय गरेको छ ।
त्यस्तो खालको म्याद थप गर्दा नेपाल सरकारलाई अतिरिक्त व्ययभार नपर्ने गरी म्याद समाप्त भएको मितिले छ महिना थप गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई चाहिने कर्मचारी व्यवस्थापनका लागि समेत सरकारले अस्थायी दरबन्दी थप्ने निर्णय गरेको छ । आयोगको केन्द्रीय कार्यालयका लागि आवश्यक पर्ने ३५ जना कर्मचारी र प्रादेशिक कार्यालयका लागि २१ जना कर्मचारीका अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि चाहिने २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड