August 29, 2016

एक साताभित्र नै मधेसी मोर्चाकाे माग पुरा : प्रचन्ड

images१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट रहदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका बाँकी माग एक साता भित्र पुरा गर्ने वताएका छन् । उनले मोर्चासंग संविधान संशोधनको सहमति गर्ने र त्यही आधारमा प्रतिपक्षीसँग छलफल गरेर अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

संविधान संशोधनको प्रस्ताव भदौ अन्तिम साता संसंदमा प्रस्तुत गर्ने गरी मोर्चालगायतको गठबन्धनसँग सहमतिसाथ अघि बढ्ने दाहालले आइतबार सद्भावना अध्यक्ष राजेन्द्र महतोसँगको भेटमा बताएका हुन् । वार्ताका क्रममा दाहालले व्यक्त गरेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, मोर्चाका साथीहरू ढुक्क हुनुहोस्, सत्ता पक्षसँग सहमति गरी मोर्चाको समर्थनसाथ यसै सातादेखि संविधान संशोधनको प्रक्रिया आरम्भ हुनेछ साथै हामीबीचको सहमतिको दस्ताबेजलाई लिएरै प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपा नेपालसँग सहयोगका लागि अघि बढ्नेछु ।
सत्ता पक्षले मोचासँग गरेको तीनबुँदे सहमतिको कार्यान्वयन यसै साताभित्र भइसक्ने दाबी प्रधानमन्त्री दाहालले महतोसँग गरेको बालुवाटार स्रोतले बतायो । सहमतिको दोस्रो बुँदामा उल्लिखित तराई मधेसको आन्दोलनमा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटना सम्बन्धमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, घाइतेको सम्पूर्ण उपचार सरकारले गर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा खारेज गर्नेलगायत सहमति कार्यान्वयनमा किन ढिलाइ भएको भनी महतोले प्रधानमन्त्रीसँग सोधेका थिए ।

जबाफमा प्रधानमन्त्रीले पूरा हुन बाँकी मागलाई यसै साताभित्र पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नौमहिने आन्दोलनको सबैभन्दा ठूलो र महत्त्वपूर्ण माग संविधानसँग सम्बन्धित विषयमा सहमतिका आधारमा सरकारले संसद्मा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्न ढिलो भएकामा आपत्ति व्यक्त गर्दै महतोले मोर्चाले सरकारलाई दिएको सहमति फिर्ता लिने चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीले बारम्बार प्रमुख प्रतिपक्षी दल एमाले, राप्रपा नेपाललगायत दलसँग अनौपचारिक रूपमा सहमति खोजिरहेको धारणा राख्नासाथ महतोले अत्यन्त आक्रोशित हुँदै पहिला कांग्रेसलगायत सत्ता पक्षसँग सहमति गरी मोर्चासँग सहमति गर्न र प्रमुख विपक्षी एमालेलगायतसँगको सहमतिमा जान आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्रीसँग आइतबार साँझ करिब डेढ घन्टा भएको परामर्श सकारात्मक रहेको महतोले बताए । उनले अन्नपूर्णसँग भने, ुमोर्चाको प्रमुख माग संविधान संशोधन भएकाले उक्त एजेन्डा अघि बढाउनुपर्‌यो । त्यसका लागि सत्ता पक्षको सहमति र मोर्चाको समर्थनका साथ संशोधन आएपछि विपक्षी दलहरूसँग एजेन्डासहित सहमतिको पहल गर्न दाहाललाई आग्रह गरें ।
महतोका अनुसार प्रधानमन्त्री दाहालले उनको प्रस्तावको समर्थन गर्दै आफूले तीनबुँदे सहमतिमा हस्ताक्षर गर्दा गरेको प्रतिबद्धता कार्यान्वयन गरेरै छोड्ने बताएका थिए । मोर्चाले संशोधनमा सीमांकन, राष्ट्रिय सभामा हुने प्रतिनिधित्व, नागरिकता, समानुपातिक र समावेशी प्रतिनिधित्वका आधारमा निर्वाचन प्रक्रियालाई उच्च प्राथमिकता दिएको जानकारी महतोले दिए । संसारको समर्थनभन्दा आफैंभित्र सहमति गरी संशोधन प्रक्रिया अघि बढाउने महतोले बताए । अन्नपु्र्णपाेष्टमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पोखरेल र ओलीबीच डेढ घण्टे वार्तामा वरिष्ठ उपाध्यक्ष पद हटाउन असहमति

काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम

आज दिउँसो देशभर धेरै भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश