पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको बताएका छन्।
विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महाधिवेशनबाट भएका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
नेता श्रेष्ठले आफू कुनै पदको आकांक्षामा नभएको स्पष्ट पार्दै भने, “म ७८ वर्षको व्यक्ति हुँ। करिब ७० वर्ष यस पार्टीका लागि रगत र पसिना बगाएँ। अब गुटको कुरा होइन, पार्टीभन्दा माथि उठेर एकजुट हुनुपर्ने बेला आएको छ। मुलुकको राष्ट्रियता जोखिममा छ।”
उनले पार्टी नेतृत्वतर्फ संकेत गर्दै इतिहासको उपलब्धिमा मात्र निर्भर भएर भविष्य नचल्ने टिप्पणी गरे। साथै, उनले पार्टीलाई सुदृढ बनाउन युवालाई नेतृत्वमा अघि सार्नुपर्ने आवश्यकता औंल्याए।
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी
२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं
१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल