रास्वपाको प्रि–इलेक्सन नतिजा सार्वजनिक : रमेश प्रसाईं र रञ्जु दर्शनालाई सर्वाधिक मत

पुस १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार खुला प्रतिस्पर्धातर्फ रमेश प्रसाईं सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन् ।

प्रसाईंले १८ हजार २२३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित निर्वाचित भएका छन् भने तेस्रो स्थानमा रञ्जु दर्शना १३ हजार ५५१ मतसहित निर्वाचित भएकी छन् ।

खुला प्रतिस्पर्धातर्फ चौथोमा टिका संग्रौला (ज्वाला) १३ हजार १०६, पाँचौँमा लिमा अधिकारी १२ हजार ७६०, छैटौँमा समीक्षा बास्कोटा १२ हजार ४६०, सातौँमा विपिनकुमार आचार्य १२ हजार २४५, आठौँमा क्रान्ति शिखा धिताल ११ हजार ७८१ र नवौँमा प्रतिभा रावल ११ हजार ७२१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन् । दोस्रोमा गायिका सत्इकला राई १४ हजार २०१, तेस्रोमा टासी लाजोम १३ हजार ७३ र चौथोमा मिलन लिम्बु १३ हजार ५९ मतसहित निर्वाचित भएका छन् ।

दलिततर्फ विजय जैरु १३ हजार १४३ मतसहित पहिलो बनेका छन् । दोस्रोमा अमृता विक १० हजार ७३, तेस्रोमा सविना विश्वकर्मा १२ हजार ८५६, चौथोमा स्मृति सेन्चुरी १२ हजार ७१० र पाँचौँमा अविता नेपाली १२ हजार २८५ मतसहित निर्वाचित भएका छन् । यस्तै सिता विश्वकर्मा छैटौँ, डा. रुपक विश्वकर्मा सातौँ, खिमा विक आठौँ र चन्द्रकला विक नवौँ स्थानमा निर्वाचित भएका छन् ।

मधेशीतर्फ पुनमकुमारी अग्रवाल १५ हजार ७४५ मतसहित पहिलो स्थानमा निर्वाचित भएकी छन् । दोस्रोमा डा. अंकिता ठाकुर १२ हजार ३२२ र तेस्रोमा ममता शर्मा ११ हजार ६३० मतसहित निर्वाचित भएकी छन् ।

थारुतर्फ प्रेमलाल चौधरी १७ हजार ४२५ मतसहित पहिलो, चुमन चौधरी १३ हजार ६१३ मतसहित दोस्रो र पुष्पाकुमारी चौधरी १३ हजार ५३५ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन् ।

मुस्लिमतर्फ समिना मिया १५ हजार ९६७ मतसहित पहिलो, अख्तर हुसैन १५ हजार १५७ मतसहित दोस्रो र मोहम्मद हसरत अली १४ हजार ४६३ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बयान दिन सिंहदरबार पुगे पूर्वगृहमन्त्री रमेश लेखक

पुस १४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा घटेका

रास्वपा र बालेनबीच ७ बुँदे सहमति, ‘वृहद एकता’मार्फत सहकार्य अघि बढाउने प्रतिबद्धता

काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)

सर्वोच्चमा एकै दिन २४६ बैंकिङ कसुरका मुद्दा, १२२ वटामा मिसिल प्राप्तिको आदेश

काठमाडौँ, पुस १३ । सर्वोच्च अदालतमा आइतबार बैंकिङ कसुरसम्बन्धी २४६ वटा मुद्दाको एकै दिन पेसी

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक : कुलमान घिसिङ

काठमाडौँ, १३ पुस २०८० । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले

बालेनलाई रास्वपामा भित्र्याउने अन्तिम कसरत, आजै सहमति जुट्न सक्ने दाबी

पुष ११, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने