वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक : कुलमान घिसिङ

काठमाडौँ, १३ पुस २०८० । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक राजनीतिक शक्तिहरू एकीकृत भएर अघि बढ्न चाहेको बताएका छन्। पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही नेतृत्वसहित वैकल्पिक शक्तिहरूबीच एकता वा कम्तीमा कार्यगत सहकार्य अपरिहार्य भएकोमा जोड दिए।

घिसिङले भने, “सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। सम्भव नभए कार्यगत एकता गरेर अघि बढ्नुपर्छ।” उनले नयाँ र मुख्यधारका शक्तिहरूलाई समेत एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै नेपाली जनताको चाहना वैकल्पिक शक्तिहरू एक भएर नयाँ नेतृत्व दिन सक्ने हुनु रहेको बताए।

वैकल्पिक शक्तिहरूको एकीकरणबारे शनिबार साँझसम्म छलफल जारी रहेको उल्लेख गर्दै घिसिङले आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच सातबुँदे सहमति भएको जानकारी दिए। निरन्तर संवादमा रहे पनि आफू उक्त सहमतिमा सहभागी नभएको उनले स्पष्ट पारे।

उनले उक्त सहमतिमा उज्यालो नेपाल पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्नेमा जोड दिँदै भने, “उज्यालो नेपाल पार्टीको सम्मान, स्वाभिमान र पहिचान छ। त्यसलाई यथास्थितिमा राख्दै, नमेटाइकन सबैसँग सहकार्य गर्न हामी तयार छौँ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा र बालेनबीच ७ बुँदे सहमति, ‘वृहद एकता’मार्फत सहकार्य अघि बढाउने प्रतिबद्धता

काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)

सर्वोच्चमा एकै दिन २४६ बैंकिङ कसुरका मुद्दा, १२२ वटामा मिसिल प्राप्तिको आदेश

काठमाडौँ, पुस १३ । सर्वोच्च अदालतमा आइतबार बैंकिङ कसुरसम्बन्धी २४६ वटा मुद्दाको एकै दिन पेसी

निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बालेनलाई रास्वपामा भित्र्याउने अन्तिम कसरत, आजै सहमति जुट्न सक्ने दाबी

पुष ११, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने

आफ्नै नेतृत्वमा राजनीतिक दल गठनको तयारीमा बालेन साह

१० पुस, काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठनको

कुलमान घिसिङद्वारा सय दिनका १०१ काम सार्वजनिक (पूर्णपाठ)

२०८२ पुस ९, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी