डब्लूएचओबाट बाहिरिने भन्ने अमेरिकी निर्णय खेदजनक :टेड्रोस

sharethis sharing button

यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ आशा गर्दछ। विश्वभरि लाखौं मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र एजेन्सीबीचको साझेदारीलाई कायम राख्न रचनात्मक संवादमा संलग्न हुन तत्पर छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार डब्लूएचओबाट अमेरिका बाहिरिने घोषणा गरेपछि डब्लुएचओको यो बयान आएको हो ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभयो,“ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ । डब्लुएचओ विश्वका मानिसहरूको स्वास्थ्य र सुरक्षाका लागि महत्त्वपूर्ण छ ।”

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उल्लेख गर्‍यो ।

“सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन् ,” विज्ञप्तिमार्फत डब्ल्यूएचओले जनाएको छ ।

“हामी आशा गर्छौं कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्ल्यूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौं ।” रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि