सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि गैरकानुनी खानी उत्खनन् शुरु भएको छ । श्री कुमारी माता रोडा ढुंगा उद्योगले गैरकानुनी रुपमा सर्वसाधरणको निजि जग्गा र सार्वजनिक जग्गामा उत्खनन् गरेपछि पीडितहरुले सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दै रिट दर्ता गराएका थिए । सर्वोच्च अदालतले पीडितको माग अनुसार अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उत्खनन् कार्य नगर्न आदेश दिएको थियो । तर, सर्वोच्च अन्तरिम आदेशलाई लत्याउँदै फेरी गैरकानुनी रुपमा उत्खनन् कार्य शुरु भएको हो ।

हाल प्रधानन्यायाधीश समेत रहेका प्रकाशमान सिंह राउत र न्यायधीश तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलाशले गत साउन १४ गते अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश नभए बस्ती नै जोखिममा पर्ने देखिएको र त्यसले अपुरणीय क्षति हुने भन्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो ।

स्थानिय कृष्ण बहादुर प्रजासहित दर्जनौँ व्यक्तिहरुले सर्वोच्च अदालतमा श्रीकुमारी माता रोडा ढुंगा उद्योगले गैरकानुनी रुपमा उत्खनन् गरेको भन्दै रिट निवेदन दिएका थिए । उनीहरुको निवेदनमा सुुनुवाई गर्दै सर्वोच्च अदालतले २०८० असार ३ गते आईई गरेर मात्रै खानी संचालन गर्ने नगर्ने विषयमा निर्णय गर्न खानी विभागलाई निर्देशनात्मक अन्तरिम आदेश दिएको यिो । उद्योगले आईईका क्रममा स्थानियको रायलाई नै झुक्याएर गाउँपालिकाबाट खानी संचालन गराउन सफल भएका थिए । तर, पीडितहरुले पुन सर्वोच्च अदालतमा रिट निवेदकको रायलाई उल्लेख नगरी आईई प्रतिवेदन तयार पारिएको र गाउँपालिकाले समेत बदमासी रहेको भन्दै पुन निवेदन दिएका थिए । सर्वोच्च अदालतले उक्त खानी तत्काल संचालन नगर्न तीन पटकसम्म आदेश जारी गरेको छ ।

२ रोपनी खेत खसालेर खोलामा पारिएको छ : पीडित थापा

पीडित लक्ष्मण थापाका अनुसार अहिले कुमारी माता रोडा ढुंगा उद्योगले गैरकानुनी रुपमा सर्वोच्चको अन्तरिम आदेश पछि पनि खोला नै सारेका छन् । ‘मेरो २ रोपनी खेत नै खसालिएको छ । मेरो जग्गामा अहिले खोला बगिरहेको छ । पहिले खोला थिएन,’ थापाले भने,‘उनीहरुले मेरो जग्गबाट अबैध रुपमा ढुंगा लिएर गएका छन् । यो देशमा सर्वोच्च अदालतको आदेश समेत कार्यान्वयन भएन । म कसलाई भनौँ । कहाँ निवेदन दिउँ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष