अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा यो सम्भव भएको हो ।

मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुर जिल्ला, बाग्मती गाउँपालिका–२ बगुवास्थित बाग्मती खोलामा रहेको पुलको केही भाग बगाएपश्चात् अवरुद्ध भएको कान्ति लोकपथ मार्गमा मिति सोमबारबाट सवारी आवागमन सुचारु भएको छ ।

उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकाय को सहयोगमा कार्य गरिरहेको जनाएको छ ।

दुई स्थानमा करिब ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन  गरेको छ । यसैगरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गरेको छ भने बागमती नदीमा करिब ४० मिटर लम्बाइको  र्‍याप निर्माण गरी पुलसम्म सडक जोडेको जनाएको छ ।

ग्याबिन बक्स तथा बागमती नदीमा ह्युम पाइप राखी अस्थायी सडक बनाएको जानकारी दिँदै सेनाले कान्ति लोकपथको अन्य विभिन्न खण्डमा पहिरो पन्छाउने कार्य गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग