यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?

धेरैजसो मानिस के ठान्छन् भने टाटुमा  प्रयोग गरिने रङ वनस्पतिबाट बनाइएकाले त्यसबाट स्वास्थ्यमा असर पर्दैन तर सत्य फरक छ, टाटुमा प्रयोग भइरहेको अधिकांश रङ कृत्रिम हुन्छ । केहीलाई गह्रौँ धातु त केहीलाई प्लास्टिकले बनाइन्छ । रङ मिसाइने वस्तु अर्थात् द्रवको मुख्य आधार प्रायः पानी भए पनि त्यसमा इथाइल अल्कोहल हालिएको हुन्छ । यस  रसायनले स्नायु प्रणालीमा असर पार्छ ।

यसले बच्चामा बौद्धिक क्षमता घट्ने र व्यावहारिक समस्या आउने तथा वयस्कमा स्मरण ह्रास, कलेजोको रोग र क्यान्सरको खतरा देखिएको छ ।

यसै गरी रङ घोलिने द्रव अन्य घातक रसायन मिथायल अल्कोहल, आइसोप्रोपेल अल्कोहल, इथेलिन ग्लाइकोल, मेथानोल, फर्मेल्डिहाइड, डेनाट्युरेड अल्कोहल आदि मिसाइन्छ । यी सबै रसायनको सम्बन्ध गम्भीरस्वास्थ्य विकाससँग हुने गर्छ ।

मिथाइल अल्कोहल बारम्बार सम्पर्कमा आए छाला फुट्ने र सुक्खा हुने, कलेजो विकृत हुने, टाउको दुख्ने, आलस्यता तथा मृत्युसम्मको खतरा हुन्छ । यसै गरी मेथनोलले स्नायु प्रणालीमा असर पार्न सक्छ ।

आइसोप्रोपेल अल्कोहलका कारण छाला चिलाउने तथा आँखा, नाक, घाँटीमा समस्या आउने र टाउको दुख्ने र आलस्यता जस्ता समस्या देखिन्छ । फर्मेल्डिहाइडले गर्दा आँखा रसाइरहने तथा आँखा, छाला, नाक, घाँटी पोल्ने, सिँगान बग्ने, वाकवाकी लाग्ने लगायत क्यान्सरको खतरा औँल्याइएको छ ।

अमेरिकामा खाद्य तथा औषधी व्यवस्थापन प्रशासनले कुनै पनि खालको रङलाई छालामा प्रत्यारोपित गर्न अनुमति दिएको छैन । तापनि छालामा  टाटुको माध्यमबाट रङ हाल्ने काम भइरहेको छ ।

त्यहाँको क्यालिफोर्निया राज्यमा त टाटु कलाकारले आफ्नो ग्राहकलाई टाटुको रङमा घातक गह्रौँ धातु मसिएको हुन  सक्ने र त्यसले क्यान्सर उत्पन्न गर्ने भनी सचेत पार्नुपर्ने कानुनी प्रावधान नै राखिएको छ ।

अचम्मको कुरा के छ भने टाटुको रङ राखिएको भाँडामा त्यसमा प्रयोग गरिएका रसायनको बारेमा उल्लेख गर्नुपर्ने अनिवार्यता देखिँदैन । त्यसैले ती रङमा क्यान्सरसम्म गराउन सक्ने तत्व रहेको जानकारी टाटु कलाकारलाई  पनि हुँदैन ।

टाटुको रङमा मात्र समस्या छैन । टाटु बनाउन प्रयोग गरिने सुईले एचआइभी, हेपाटाइटिसलगायतका रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ ।

टाटुको मेसिनले प्रतिमिनेट तीन हजार पटक छाला गोद्ने गर्छ । सिउने मेसिनसरह नै टाटु मेसिनले काम गरेर गोदेर प्वाल परेको स्थानमा रङ भर्दै जान्छ । यसले परेको घाउ प्रायः चाँडै निको हुने भए पनि सङ्व्रmमणको खतरा टरेको हुँदैन ।

टाटु बनाउने बेला त घातक रसायनले रगतमा प्रवेश पाउने खतरा रहन्छ नै टाटु हटाउँदा ती रसायन सोझै  रगतमा पुग्ने भएकाले एक पटक टाटु बनाइहाल्नुभएको छ भने त्यसलाई त्यत्तिकै छाड्दा  राम्रो हुन्छ ।

टाटुको रङ बनाउन प्रयोग गरिने घातक धातुमा पारो, लेड, बेरिलियम, क्याडमियम, आर्सेनिक तथा एन्टिमनी, आइरन अक्साइड, कोबाल्ट, निकेल, आल्मुनियम आदि हुन् । यिनीहरूको सम्बन्ध

मधुमेह, मुटुको रोग, स्नायु प्रणालीमा समस्या, हर्मोन असन्तुलन, क्यान्सर, उच्च रक्तचाप, सास बढ्ने लगायतका खतरनाक विकारसँग देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत