सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

काठमाडौं । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनि बिदा) मा चाहिँ नेपालले विश्वमा उच्च स्थान हासिल गरे छ ! अनि हामी गरिब नभए को हुन्छ त ?’ पूूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबार एक्स (पहिलो ट्रिवटर) मा गरेको पोस्टको पहिलो अंश हो यो ।

विश्वव्यापी तथ्यांक–राख्ने संस्था ‘वल्र्ड स्टाटिस्टिक्स’ ले सार्वधिक सार्वजनिक बिदा दिने विश्वका ४८ देशको सूची सार्वजनिक गरेको छ । जसमा वर्षभरि ३५ दिन सार्वजनिक बिदासहित नेपाल पहिलो स्थानमा छ । एक्समा सार्वजनिक यही सूचीको लिंक सेयर गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । भट्टराईले अगाडि लेखेका छन् ‘गम्भीर बनौं ! काम नगरि दिगो रुपले कोही धनी हुन सक्दैन भन्ने बुझौं ! सानासाना सुधार त जसले जतिबेला गरे पनि हुन्छ नि !’

‘वल्र्ड स्टाटिस्टिक्सको तथ्यांकअनुसार सार्वजनिक बिदा दिने देशहरुमा दोस्रो नम्बबरमा म्यारमार ३२ दिने, तेस्रोमा इरान २६ दिन, चौथोमा श्रीलंका २५ दिन र पाँचौँमा बंगलादेश र इजिप्ट २२–२२ दिन छन् । दक्षिण एसियाका अन्य देशमा भारत २१ दिन सार्वजनिक बिदासहित आठौं स्थानमा रहँदा पाकिस्तान १६ दिनसहित १६ औं स्थानमा छ ।

विश्वको पहिलो र दास्रो ठुलो अर्थतन्त्र भएका मुलुकहरु क्रमशः संयुक्त राज्य अमेरिका र चीन वर्षभरि समान ११ दिन सार्वजनिक बिदा दिने गरेका छन् । यस्तै एसियाका धनी राष्ट्रहरु जापानले १६ दिन दक्षिण कोरियाले १४ दिन सार्वजनिक बिदा दिने गरेका छन् । ४८ देशमध्ये वर्षभरि सबैभन्दा कम सार्वजनिक बिदा दिने देश मेक्सिको छ । उसले वर्षमा आठ दिनमात्रै सार्वजनिक बिदा दिन्छ । बेलायतले पनि वर्षमा आठ देखि १० दिनसम्म सार्वजनिक बिदा दिने गरेको छ । वल्र्ड स्टाटिस्टिक्सले सार्वजनिक गरेको बिदाका दिनहरु ‘साता बिदा’ बाहेकका हुन् । नेपालमा साता बिदा शनिबार हुन्छ । २०८० सालमा ५२ वटा शनिबार परेका छन् । विश्वका अन्य देशहरुले आ–आफ्नै नियमअनुसार फरक–फरक बारमा साता बिदा दिने गरेका छन् । कतिपय देशले दुई दिन साता बिदा दिने गरेको पाइन्छ ।

बिदामा मनोमानी

वल्र्ड स्टाटिस्टिक्सले नेपालमा वर्षभरि सार्वजनिक बिदाका ३५ दिन रहेको तथ्यांक गृह मन्त्रालयबाट लिएको हो । गृहले गत चैत २ गते २०८० सालका लागि सार्वजनिक, पूर्व र सट्टा बिदाको सूची सार्वजनिक गरेको थियो । जसमा ५२ वटा शनिबार स्वतः बिदा (साता बिदा) अन्य ३५ दिन सार्वजनिक बिदा हुने उल्लेख छ । जसमा पर्व बिदा २७ दिवस बिदा ६ र जन्मजयन्ती बिदा २ दिन छन् ।

गृह मन्त्रालयले जारी गरेको बिदा सूचीमा सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र, वर्ग र स्थान विशेषका लागि छुट्याइएका सार्वजनिक बिदाको संख्या पनि जोड्ने हो भने ४९ दिन पुग्छ । जसमा काठमाडौं उपत्यकाम गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा, सुदूरपश्चिम प्रदेशमा गौरा पर्व, पूर्वी तराईमा सिरुवा पावनी, महिलाका लागि हरितालिका (तीज) र जितिया पर्वदेखि लिएर किरातको फाल्गुनन्द जयन्ती, इस्लामको मोहम्मद जयन्ती र शिखको गुरु नानक जयन्तीसम्मका बिदा छन् । गत वर्ष बिदा सूचीमै नभएको ‘जनयुद्ध दिवस’ भनेर संघीय सरकारले सार्वजनिक बिदा भएको थियो ।

आजको नागरिक दैनिक पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको