स्वास्थ्य बिमा रकम कर्मचारीबाटै हिनामिना

पशुपतिनगर (इलाम), भदौ १४ गते । इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।

सूर्योदय ११ का ३५० देखि ४०० परिवारले गत वैशाख–ज्येष्ठ महिनामा स्वास्थ्य बिमा नवीकरण गर्न बुझाएको रकम दर्ता सहयोगीले गायब पारेको थाहा पाएपछि अहिले स्थानीय हारगुहार गरिरहेका छन् ।

भदौ लागेपछि अस्पताल पुग्दा बिमा नवीकरण नभएको थाहा पाएपछि स्थानीयले स्वास्थ्य बिमा बोर्डको इलाममा रहेको जिल्ला कार्यालयमा बुझ्दा बिमा नवीकरण नभएको थाहा पाएको स्थानीय पीडित ऋषि भट्टराईले जानकारी दिनुभयो । नयाँ बिमा र नवीकरण गर्न भनी रकम सङ्कलन गरिएकामध्ये ४० को हाराहारीमा मात्र घरमुलीको नाम नवीकरण भएको छ ।

पीडितले रकम हिनामिना भएको थाहा पाएपछि वडा ११ कार्यालय, तीनघरे प्रहरी चौकीमा निवेदन समेत दिएका छन् । स्थानीयले भदौबाट बिमा कार्यक्रमको सुविधा पाउनु पर्ने र दर्ता सहयोगी आलेलाई कारबाही गर्न माग गरेका छन् ।

आलेले नवीकरणका लागि रसिद काट्दा कुनै पुरानो रसिद दिएको त कसैको रसिदमा गत वर्षको मिति उल्लेख गरेको पाइएको छ । पीडित ऋषि भट्टराईले स्वास्थ्यजस्तो संवेदनशील विषयमा यसरी खेलबाड गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र आफूहरूको बिमा सुचारु हुनुपर्ने बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यालय इलामका कार्यवाहक कार्यालय प्रमुख जानुका शर्माले उक्त वडामा कार्यरत दर्ता सहयोगी आलेले बिमितबाट नवीकरणका लागि सङ्कलन गरेको रकम र कागजात हालसम्म जिल्लामा नपठाएको बताउनुभयो ।

उहाँले दर्ता सहयोगीले लापरबाही गरेका कारण स्थानीय बिमा सुविधाबाट वञ्चित हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । तीन हजार ५ सयका दरले स्थानीयबाट सङ्कलन गरिएको रकम आलेले गायब बनाएपछि समस्या भएको कार्यालयले जनाएको छ ।

उहाँले दर्ता सहयोगी आले अहिले स्वास्थ्य बिमा कार्यालय इलामस्थित कार्यालयमा सम्पर्कमा समेत नआएको बताउनुभयो । कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘रकम आयो भने पुरानो रसिद काटेर इन्ट्रि गराउनका लागि आइटीसँग कुरा भएको छ तर रकम आउने टुङ्गो भएन ।’ स्थानीय पीडितले भने दर्ता सहयोगीले रकम बुझ्दा दिएको रसिदको अर्धकट्टी सङ्कलन गर्न थालेका छन् ।

दर्ता सहयोगी आले सूर्योदय नगरपालिका–११ कै कर्मचारी भएको बुझिएको छ । सूर्योदय नगरपालिका –११ का वडाध्यक्ष सन्तोष राईले आले वडाकै कर्मचारी भएको जानकारी दिँदै वडाको सम्पर्कमा समेत नभएको जानकारी दिनुभयो ।

उहाँले आउने आइतबारसम्ममा बिलको अर्धकट्टी र रकम लिएर आउन आलेलाई निर्देशन दिएको बताउँदै सो समयमा सम्पर्कमा नआए कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने जानकारी दिनुभयो ।

पछिल्लो समय इलाममा बिमा कार्यक्रमको प्रभावकारिता समेत घट्दै गएको छ । बिमाको रकम हिनामिना गर्ने, समयमा नवीकरण नगरिदिने, स्वास्थ्य संस्थाले चाहेको अस्पतालमा जान रेफर नदिने पूर्जामा लेखिएको औषधि नपाइनेजस्ता समस्याले बिमा कार्यक्रम ओझेल पर्दैगएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर