शापु रोगले दृष्टि गुम्न सक्छ:यसरी जोगिनुस्

काठमाडौं, भदौ ७ गते । पछिल्लो समय देशभर रातो आँखा हुने समस्या बढ्दै गएको छ । पछिल्लो समय कन्जंक्टिभाइटिकको कारणले आँखा पाक्ने रोग दशैभर प्रकोपका रूपमा बढ्दैगएकाले त्यसबाट बच्न ध्यान दिन चिकित्सकहरूले सुझाव दिनुभएको छ । आँखा रातो हुने समस्या कन्जंक्टिभाइटिकको कारणले मात्र नभई अन्य विभिन्न कारणले हुने चिकित्सकको भनाइ छ ।

नेत्र रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाले यो मौसममा शापुको कारणले गर्दा पनि आँखा रातो हुने बताउनुभयो । सिटौलाका अनुसार शापु रोग प्रायः भदौदेखि मङ्सिर महिनासम्म लाग्ने गर्छ । यो मौसममा विशेषगरी नेपालको मध्यपहाडी भेगमा शापु महामारीको रूपमा देखिनेगरेको छ ।

के हो शापु रोग 

चिकित्सकका अनुसार शापु एक दृष्टिनाशक रोग हो । डा. खरेल सिटौलाले हालसम्म  शापु रोगको कारक यही नै हो भनेर यकिन नभए पनि शापु सेतो पुतली (मोथ) जसको जिउमा कालो धर्सा र पहेँलो पुच्छर भएको पुतलीका कारणले शापु रोग निम्तने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै सेतो पुतलीका कारण शापु हुँदैन । जिउमा कालो धर्का भएको सेतो पुतली जसको पुच्छर पहेँलो हुन्छ, त्यस्तो पुतलीको संसर्गबाट शापु रोग लाग्ने गर्छ ।” सेतो पुतली प्रायः रातिको समयमा बढी देखिने गर्दछन् । यस्ता पुतली सेतो बत्ती बालेको ठाउँमा बढी झुमिने गर्दछन् ।

डा. सिटौलाका अनुसार शापु रोग विशेषगरी बालबालिकामा बढी देखिन्छ । उहाँले भन्नुभयो, “यो रोग सबै उमेरमा देखिने भए पनि विशेषगरी बालबालिकामा बढी देखिन्छ ।” कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएकामा पनि यस्तो समस्या देखिने उहाँको भनाइ छ । पुतलीबाहेक यो समस्या साथै अन्य कारणमा सूक्ष्म जीवाणु वा अन्य विषालु पदार्थका  कारणले शापु रोग लाग्ने गर्छ ।

समयमा उपचार गर्न सुझाव 

डा. सिटौलाका अनुसार शापुरोग समयमै उपचार भएमा पूर्ण रूपमा निको हुनेगर्छ । यदि उपचारमा ढिला गरेमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रोगको लक्षणहरू देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । त्यसैले लक्षण देखिन थालेपछि वा रोग लागेको शङ्का लागेमा तुरुन्त स्वास्थ्य संस्था जानुपर्छ ।” आँखा रातो भयो भनेर आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगर्न उहाँको सल्लाह छ ।

लक्षण के–के हुन् 

डा. सिटौलाका अनुसार एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखा दुख्नु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु, आँखाको दृष्टिमा तत्काल कमी हुनु यो रोगका प्रमुख लक्षण हुन् । यो रोग एउटा आँखामा मात्र देखिने तर अर्को आँखामा नसर्ने नेत्ररोग विशेषज्ञ बताउँछन् ।

के छ उपचार 

समयमै उपचार भएमा यो रोग निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्ने चिकित्सकको भनाइ छ । उहाँले भन्नुभयो, “यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्छ । आफूखुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ । समयमा नै उपचार भएमा आँखा निको हुन्छ । तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ ।”

रोकथाम कसरी गर्ने 

सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राती झ्याल ढोका बन्द गर्ने, सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्न नेत्ररोग विशेषज्ञको सुझाव छ ।

जथाभाबी आँखामा हात नलैजाने, आँखा छुनुपरेमा राम्ररी साबुन पानीले हात धोएर मात्र छुन चिकित्सकको सुझाव छ । आफूखुसी कुनै पनि आँखाको औषधि तथा जडीबुटी नराख्ने चिकित्सकको आग्रह छ । आँखामा कुनै पनि समस्या देखिएमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम उपचार गर्ने नेत्ररोग विशेषज्ञको सुझाव छ ।

coppied from gokhapatraonline.com

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज