स्तनपान सप्ताह आजबाट सुरु

काठमाडौँ, साउन १६ गते । बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गरिएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले विश्व स्तनपान दिवसको अवसरमा बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गर्नुभएको हो ।  थापाले शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आमाको दूधमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्त्वहरू हुने भएकोले जन्मिएदेखि छ महिनासम्म दूध खुवाउनुपर्छ ।” शिशुलाई कम्तीमा २ वर्षसम्म पूर्णरूपमा स्तनपान गराउन थापाको आग्रह छ ।

दूध खुवाउँदा हुने फाइदा 

थापाका अनुसार दूध खुवाउँदा आमा र बच्चा दुवैका लागि फाइदा जनक छ । उहाँ भन्नुहुन्छ, “आमाको दूध बालबालिकाको लागि अमृत समान हो । यसले बालबालिकाको जीवन रक्षा गर्छ । पहिलो पहेँलो बिगौती दूधले खोपसरह काम गर्छ र निमोनिया, झाडापखाला,कान,छाला,पेट तथा श्वासप्रश्वासका सङ्क्रमणसँग लड्न सक्ने क्षमता बढाउँछ ।”

 यसमा शिशु जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छुटै बाहिर निस्किने थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ जसले गर्दा बच्चा जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ ।” त्यसका अलावा यसले  स्तन र पाठेघरसम्बन्धी क्यान्सरको खतरालाई घटाउने थापाको भनाइ छ ।

आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिने सफा, पोसिलो हुने गर्छ । पूर्ण स्तनपान गराउँदा शिशुको आमासँगको आत्मीयता बढाई शिशुको मानसिक,बौद्धिक, शारीरिक तथा सामाजिक विकास गर्ने थापा बताउनुहुन्छ ।

 स्तनपान कसरी गराउने 

थापाका अनुसार शिशु जन्मने बित्तिकै आमाको छातीमा टाँसिएर रहन दिने। बालबालिका जन्मको १ घण्टाभित्रै आमाको बिगौती दू देखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने ।

दूध खुवाउँदा एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउने ।बालबालिकालाई दिनको १० देखि १२ पटक स्तनपान गराइराख्ने । बालबालिकाले जति पटक दूध खान खोज्छ त्यति नै पटक स्तनपान गराउने । बालबालिकालाई सही आसन र सम्पर्कमा राखेर स्तनपान गराउने । आमा र वा बालबालिकाका, जो बिरामी भए पनि निरन्तर स्तनपान गराइरहने । बालबालिका २ वर्ष वा सोभन्दा पछिसम्म पनि निरन्तर रूपमा स्तनपान गराउन थापाको सुझाव छ ।

 आमाले के कुरामा ध्यान दिने 

स्तनपान गराइरहेकी आमाले दैनिक खाने गरेको खाना भन्दा २ पटक थप खान खान चिकित्सकको सुझाव छ । बोतलबाट दूध नखुवाउने । स्तनपानसम्बन्धी सिफारिस गरिएका व्यवहारहरू हरेक शिशुहरूमा हरेक अवस्थामा लागु हुन्छ । यी व्यवहारहरू अपनाउँदा आमाहरूले लगातार रूपमा दूध उत्पादन गरिरहन सक्ने थापा बताउनुहुन्छ ।

 शिशुलाई आमाको दूध पुगे नपुगेको कसरी थाहा पाउने ?

थापाका अनुसार दूध प्रशस्त खान पुगेको शिशुले एक दिनमा (२४ घण्टामा) कम्तीमा ६ देखि ८ पटकसम्म पिसाब फेर्छ र पिसाबको रङ्ग सफा हुन्छ ।  शिशुलाई दूध प्रशस्त खान पुगेको छैन भने २४ घण्टामा ६ पटकभन्दा कम पिसाब फेर्छ र पिसाबको रङ्ग गाढा पहेँलो, बाक्लो, एकदम गन्हाउँछ थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज