धुलिखेलमा सुरु भयो क्यूआर स्क्यान ‘नम्बरिङ सिस्टम’

चैत १७, २०७९, काठमाडौं । धुलिखेल नगरपालिकाले नेभिगेसनमा आधारित हाउस नम्बरिङ सिस्टम प्रयोग गर्न  थालेको छ । नगर विकास कोषको आर्थिक तथा प्राविधिक सहयोगमा पाइलट परियोजनाको रुपमा नगरपालिकाले घरघरमा क्यूआर कोड सहितको डिजिटल नम्बरिङ लागू गर्न थालेको हो । 

नगरपालिकाका मेयर अशोक कुमार बेञ्जु श्रेष्ठले पाइलट परियोजना अन्तर्गत ४ नम्बर वडाका सम्पूर्ण १२३६ ओटै घरमा क्यूआर कोड सहितको नेभिगेसनमा आधारित नम्बर उपलब्ध गराउने काम सम्पन्न भएको जानकारी दिए ।

“यसका लागि नगर विकास कोष र यूएन सीडीएफबाट १५/१६ लाख रुपैयाँ आर्थिक तथा प्राविधिक सहयोग प्राप्त भएको थियो,” उनले भने, “अन्य वडाहरूमा नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट नम्बरिङ प्रणाली लागू गर्नेछ, जसका लागि ४० देखि ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेका छौँ । यो नेपालकै नमुना परियोजना हो ।”

नगरपालिकाका इन्जिनियर हरिराम हुमागाईंका अनुसार चालू आर्थिक वर्षमा वडा नम्बर ३, ५, ६, ७, र ८ को गर्ने र आगामी आर्थिक वर्ष २०८०/०८१ मा बाँकी वडा नम्बर १०, ११ र १२ मा नम्बरिङको काम सम्पन्न गर्ने योजना रहेको छ । 

नेभिगेसनमा आधारित नम्बरिङ प्रणालीका लागि जियो सर्भिस नेपाल र क्लाउड टेक टेक्नोलोजीले संयुक्त रुपमा काम गरिरहेका छन् । जियो सर्भिस नेपालका प्रबन्ध निर्देशक गोकुल भण्डारी विगत चार महिना अघिदेखि यसका लागि काम सुरु गरिएको बताए । 

उनका अनुसार कुनै सडकको दूरी मापन गरेर घर नम्बर निर्धारण गर्ने यो प्रणाली मेट्रिकमा आधारित छ । सडकबाट बायाँतर्फ रहेका घरहरूका लागि बिजोर र दायाँतर्फ रहेका घरहरूका लागि जोर नम्बर छुट्याइएको छ । 

बीचमा नयाँ घर  थपिँदा नयाँ नम्बर उपलब्ध गराइने भण्डारीले बताए । 

घरघरमा नम्बरसँगै क्यूआर कोड समेत राखिएको छ । उक्त क्यूआर कोड स्क्यान गरी कुनै दुर्घटना वा आपत पर्दा बारुण यन्त्र,  एम्बुलेन्स, प्रहरीलाई अन्य अवस्थामा तत्कालै पुग्न सहज हुने बताइएको छ । क्यूआरमा सम्बन्धित घरको लोकेसन राखिएको छ, जसमा स्क्यान गर्दा गुगल नेभिगेसनको खुल्ने गर्छ । 

नम्बरिङ सिस्टमका लागि सुरुमा हरेक घरको ड्रोन सर्भे गरी ती घरलाई तस्वीरमा ट्रेस गर्ने काम हुन्छ । स्पिडोमिटरले सडक तथा घरहरू बीचको दुरी मापन गरिन्छ र वेब एपमा जीआईएसको माध्यमबाट सबै घरको नम्बर तयार पारिन्छ । यसरी तयार पारिएका नम्बरको आधारमा अन्य तथ्याङ्क समेत संकलन गरिन्छ । 

जसमा घर कति तलाको छ, कति कोठा छन्, केले बनेको छ, कुन प्रयोजनमा छ, नक्सा पास भएको छ कि छैन, घर धनी तथा उसको नागरिकता र परिवारका सदस्यको विवरण राखिन्छ । साथै पानी, बिजुली आदि सुविधा छ कि छैन, सँगैको सडकको अवस्था कस्तो छ लगायतका सूचना पनि समावेश गरिएको छ ।

यसरी घर नम्बर र डिजिटल सूचना सहितको वेब एप बनाएर नगरपालिकालाई दिइएको छ । यस्ता सबै सूचना अनलाइनमा सार्वजनिक भने हुँदैनन् । घरको नम्बर र क्यूआर कोड मात्रै सार्वजनिक हुन्छ । घर नम्बरको आधारमा कर संकलन गर्न, कर चुक्ता नगरेको यकिन गर्न, सहरी विकासको योजना बनाउन स्थानीय सरकारलाई सहज हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ