आठ महिनामा सवा पाँच लाख युवा जनशक्ति विदेशिए

७ चैत,काठमाडौं । रोजगारीको लागि विदेशिनेको संख्या आठ महिनामा सवा पाँच लाख नाघेको छ । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा सवा पाँच लाख जनाले श्रम स्वीकृत  लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

फागुनमा म्यानपावर कम्पनीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन । व्यक्तिगत रुपमा जाने नयाँ श्रमिकहरुको संख्या पांच हजार ५३६ जना रहेको छ । जिटुजीमार्फत २ हजार १७० जना युवा विदेशिएका छन् । त्यस्तै व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृती लिनेको संख्या २४ हजार आठ सय ५१ जना छन् ।

यसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी कतार, साउदी, संयुक्त अरब इमिरेट्स यूएई, कुवेत, बहराइन, ओमन,लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा जाने सङ्ख्या रहेको छ ।

विभागका अनुसार गत फागुन महिनामा मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३०३ जना, यूएईका लागि नौ हजार ७९५ जना र साउदी अरबका लागि नौ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यसैगरी सो अवधिमा कुवेतका लागि दुई हजार ४६२ जना र दक्षिण कोरियाका लागि दुई हजार २२७ जनाले श्रम स्वीकृति लिएका छन् । रोमानियामा एक हजार ७० जना, जापानमा ८७१ जना, पोल्यान्डमा छ सय जना र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

फागुन महिनामा विदेशिने नेपाली युवा अधिकांश दक्ष योग्यताका छन् । विभागका अनुसार फागुनमा विदेशिनेमध्ये ४२ हजार ७१८ जना युवा ‘दक्ष’ रहेका छन् । अदक्ष युवा १३ हजार ५८० जना विदेशिएका छन् ।

दक्षभन्दा माथिल्लो स्तरको योग्यता भएका पाँच हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । ‘प्रोफेसनल’ योग्यताका ६८ र उच्च दक्षता हासिल गरेका ३० जना वैदेशिक रोजगारीमा विदेशिएको विभागले जनाएको छ । गोरखापत्रमा समाचार छ ।

सरकारले देशभित्रै श्रम र रोजगारीको अवस्था सृजना गर्न नसकेको कारण राष्ट्रको दक्ष र युवा जनशक्ति परदेश पलायन हुन बाध्य भएका हुन । सरकार रोजगारी सृजना गर्नुको सट्टा राहादानी विभागको लाईन पातलो बनएर धेरै भन्दा धेरै पासपोर्ट वितरण गर्दै युवाहरूलाई परदेश लखेटेर देश रेमिट्यान्स चलाउने उदेश्यमै तल्लीन रहेको कारण युवाहरु विदेशिन बाध्य भएको बिज्ञहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल