आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल: आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी

२८ फागुन,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन्।

भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन्।उनी त्यसअघि पनि एक कार्यकाल राष्ट्रपति थिइन्। नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन्।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्। भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक