एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन १५ मा बाल यौन दुरुपयोग अभियोगमा पक्राउ परेका शाह आज फागुन १५ मै रिहा भएका हुन ।

पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको छ । उनीहरूले पल शाह हाइहाइ, पललाई न्याय भयो भन्दै नाराबाजी गरिरहेका छन् ।

हिजो फागुन १४ गते उच्च अदालत पोखराले जिल्ला अदालत नवलपुरले दिएको सजाय उल्ट्याउँदै नायक शाहलाई सफाइ दिएको थियो। यसैले शाह आज फागुन १५ गते जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन ।

बलात्कार नभएको तर बाल यौन दुरुपयोग भएको भन्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्ष जेल सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। त्यही मुद्दालाई जिल्ला अदालत तनहुँले भने बलात्कारको अभियोगबाट माघ ३ गते सफाइ नै दिएको थियो।

हिजो फागुन १४ गते उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोगमा दावी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

धार्मिक साहित्यमा दसैँ र नारीशक्ति

 असोज २२,  २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि