सोमबार रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

१४ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धारामा सोमबारका लागि बैठक बोलाइएको हो ।

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारी , राष्ट्रपति निर्वाचन र बदलिएको राजनीतिक समीकरण बारे बैठकमा छलफल हुने जनाइएको छ ।

गत पुस १० मा बनेको सात दलीय सत्तागठबन्धनको सहमति विपरीत माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्दै ८ दलिय गठबन्धन बनाउने निर्णय गरे संगै राजनीति अस्थिर बाटोतिर अगाडी बढिरहेको छ ।

दाहाल नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेकामा फागुन २२ गतेनै सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने रास्वपाले अहिलेसम्म फिर्ता लिएको छैन । राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेस वा एमालेका उम्मेदवारको प्रस्तावक वा समर्थकमा रास्वपा सहभागी भएको छैन । केन्द्रीय समिति बैठकबाट उक्त दलले यसबारे स्पष्ट नीति तय गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास

अवरुद्ध कान्ति लोकपथ सुचारु

 असोज २२,काठमाडौँ  । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका