१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन गर्न जाने धार्मिक जनहरुले बाटोमा पर्ने सिफलमा एउटा अधार्मिक र अमानवीय दृश्य देखे । एउटा रुखमा लाश झुन्डिरहेको थियो । खुट्टाले भुई छुन–छुन लागेको थियो । घाँटि छड्के परेको, आँखा आधा खुलेको, मुखबाट रगत बगेको, चिउँडोदेखि गालासम्म काटिएको र त्यहाँ रगतका धर्साहरु परेको त्यो लास सामान्य कुनै विरही व्यक्तिको थिएन, त्यो नेपाल आमाको सपूत अमर शहीद धर्मभक्त माथेमाको थियो । भन्न त राणाहरुले धर्मभक्तलाई फाँसीको सजाय दिएका थिए तर फाँसीको सजाय दिनु अघि नै राणाहरुले कुटेर मारेर उहाँलाई त्यहाँ झुन्ड्याईएको थियो । माघ १३ गते राणाहरुले सिफल जाने बाटोमा पर्ने डिल्लीबजारका पसलहरुलाई आठ बजेसम्म बन्द गर्ने उर्दी गरेका थिए । त्यसै दिन राति १० बजे धर्मभक्तलाई आँखामा पट्टि बाँधी पाता फर्काई ट्रकमा हालेर त्यही बाटो सिफलतिर लगेका थिए । गाडिबाट ओराल्दा ओराल्दै राणा नर शमशेर राणाले तेरो अन्तिम इच्छा के छ भनी सोधेको थियो र धर्मभक्तले–“राणा शासनको अन्त्य हेर्ने इच्छा छ” भनेर जवाफ दिनुभएको थियो । त्यसपछि हतार–हतार धर्मभक्तलाई घाँटिमा पासो लगाइयो र झुन्ड्याइयो तर झुन्ड्याउनसाथ हाँगा लच्क्यो र खुट्टाले भुई छोयो । त्यसपछि अर्को पटक फेरि उहाँलाई झुन्ड्याइयो तर त्यस पटक पनि डोरी छिन्यो र धर्मभक्त भुईमा पछारिनुभयो । त्यसपटक डोरी नै फुकाल्न नसकेर नर शमशेर राणाले चक्कुले डोरी काट्यो । सामान्यतया प्राणदण्ड दिएको व्यक्ति त्यसरी दुर्घटनावश बचेमा उसलाई कानूनतः अर्को पटक फाँसी दिन नपाइने अन्तराष्ट्रिय चलनलाई सम्झाउँदै धर्मभक्तले –“म हजुरहरुको शारीरिक ब्यायामको गुरु हुँ । दुईपटक फाँसीबाट बचि सकेँ अब फाँसी दिनु न्यायसंगत होइन” भन्नुभयो ।
गुरु जस्ता आदरणीय व्यक्तिको सम्मान गर्न नजानेका राणाहरुको जल्लाद नर शमशेर राणालाई गुरुप्रतिको आदरको के अर्थ ? उसले न्यायको माग गरेकोमा चक्कुले धर्मभक्तको गाला काटिदियो । धर्मभक्तले पनि त्यसको बदला नर शमशेर राणालाई बेतोडको लात हानेर ८ हात पर हुत्याइदिनुभयो । त्यसको बदलास्वरुप जल्लादको नाइके नर शमशेर राणाले सिपाहीहरुलाई धर्मभक्तलाई कुट्ने आदेश दियो र कुटेरै मारिइसकेका धर्मभक्तको धुकधुकी चलिरहेको थाहा पाएर हत्तपत्त जल्लाद राणाले रुखमा लगेर झुन्ड्याएको थियो । यसरी अमर शहीद बन्नुभएका धर्मभक्त माथेमा काठमाडौंको एक सम्पन्न परिवारका व्यक्ति हुनुहुन्थ्यो । सुब्बा आदिभक्त माथेमा तथा चन्द्रकुमारी देवीका सुपुत्र धर्मभक्त माथेमा वि.सं. १९६६ साल असोज ६ गते जन्मनु भएको थियो । उहाँले भारतमा पढेको हुनाले भारतीय स्वतन्त्रता संग्रामबाट प्रभावित हुनुभएको थियो । उहाँको घर ओमबहालमा थियो । प्रजापरिषदको स्थापना गर्न बसेको बैठक उहाँकै घर हो भन्ने पनि भनाई छ । उहाँ शारीरिक सुगठन भएका व्यक्ति हुनुहुन्थ्यो । पहलवान भएकैले उहाँ राजा त्रिभुवनलाई व्यायम सिकाउनु हुन्थ्यो । त्यसैकारण उहाँले सम्पर्क सुत्रको काम पनि गर्नुभएको थियो । उहाँ प्रजापरिषदको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो । यसैले १९९७ साल कार्तिकमा उहाँलाई गिरफ्तार गरियो र मुद्दा चलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड सुनाएपछि धर्मभक्तले भन्नुभएको थियो –“यो तुच्छ नश्वर शरीरको आहुती मातृभूमिको बलिवेदिमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्दछु । प्राणदण्ड पाउनु अहोभाग्य”।
(स्रोत : नेपाल प्रजापरिषद्को स्वर्णजयन्ती स्मारिका, २०४३ )
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा