३ माघ,काठमाडौं । आज मन्त्रिमण्डलले पुर्णता पाउने भएको छ । नवनियुक्त मन्त्रिहरुको दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
सोमबार राती अबेर सम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बांडफांडको टुंगो लगाएपछि आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो ।
सात्ता गठबन्धनको सहमति अनुसार सत्तासीन सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले ८ वटा मन्त्रालय पाएको छ । जसमा अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय रहेको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । माओवादी केन्द्रले पाएको मन्त्रालयहरु भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय रहेको छ ।
राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय गरेर ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय सहित ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ ।
त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीले १ मन्त्रालयमै चित्त बुझाएको छ । जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको हो । जसपाको भगमा २ वटा मन्त्रालय प्रस्ताव गरिएको छ तर जसपाले २ मन्त्रालयमा चित्त बुझाउन नसक्दा आफ्नो भागमा परेको मन्त्रालय स्वीकार गरेको छैन ।
जसपा र नागरिक उन्मुक्ति पार्टीलाई चित्त बुझाउने प्रयास जारी रहेको बताइएको छ ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा