सत्ता गठबन्धनमा प्रदेशको भागबन्डा मिल्यो, कुन प्रदेशमा कसको नेतृत्व ?

२५ पुस,काठमाडौं। सत्ता गठबन्धनमा प्रदेशको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सत्तासीन गठबन्धनको बैठकले सहमति जुटाएको हो ।

सहमतिअनुसार बागमतीमा पहिलो कार्यकाल माओवादी केन्द्रले नेतृत्व गर्नेछ भने एमालेले दोस्रो कार्यकाल मात्रै अवसर प्राप्त गर्नेछ । प्रदेश १ मा एमालेले नेतृत्व गर्नेछ । त्यस्तै मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले आलोपालो मुख्यमन्त्री चलाउने भएका छन । गण्डकी र लुम्बिनी दुबै प्रदेशमा पूरा कार्यकाल एमालेकै नेतृत्व रहने छ ।

कर्णालीमा पुरै कार्यकाल माओवादी केन्द्रले नेतृत्व गर्ने भएको छ । यो निर्णयले कर्णालीमा यमलाल कडेल जस्ता ईमानदार नेतालाई ठूलो अन्याय भएको आवाज पनि उठ्न थालिसकेको छ । सुदूरपश्चिममा भने एमाले र माओवादी केन्द्रले आलोपालो सत्ता चलाउने भएका छ्न । पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ ।

त्यस्तै, एमालेले मधेस र कर्णालीको सभामुख पाउँदा प्रदेश १,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम माओवादी केन्द्रले पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बाग्मती प्रदेससभा सभामुख प्राप्त गरेको छ ।

एमालेले प्रदेश १ र गण्डकिको उपसभामुख पाउँदा बागमतीमा माओवादी केन्द्रले पाउने भएको छ । लुम्बिनीको उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने भएको छ भने मधेश प्रदेशको उपसभामुख जनमत पार्टीले पाउने भएको छ । सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक