नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक स्थलमा धु्रमपान गर्न (पाँइदैन)। न बेच्न नै इजाजत दिइएको छ । कसैले धुम्रपान गर्यो भने २५० डलरसम्म जरिवाना गराइन्छ । तर, नेपालमा सय रुपैयाँ तिराएर छाडिन्छ ।
सरकारले खुल्ला ठाँउमा ध्रुमपान बेच्न र सेवन गर्न रोक लगाएर कानुन नै बनाइसकेको छ । जुन राजपत्रमा समेत प्रकाशित भइसकेको छ । तर, कानुनको उल्लङ्धन गरेर सार्वजनिक स्थलम धूम्रपान बेच्ने र सेवन गर्ने यत्तिकै भेटिन्छन् । सरकारको नियमलाई सर्वसाधारणले धोती लगाइदिएका छन् । अनुगमन नै नभएपछि अटेर गर्नु स्वाभाविकै पनि हो । सरकार कानुन बनाउने र दराजमा थन्काउने गर्छ ।
जनतालाई त्यही कानुन कुल्चिएर नचाँहिदो काम गर्न खुबै रहर लाग्छ । १६ वर्ष भन्दामुनिका बालबालिकालाई चुरोट, खैनी, सुर्ती किन्न पठायो भने बाबुआमालाई कैद सजाय हुने प्रावधान छ । त्यस्तै, बालबालिकालाई यी सामान बेच्ने पसलेलाई पनि कारबाही गरिने कानुन बनाइएको छ । कैद सजाय र जरिवाना दुवै भुक्तान गर्नुपर्ने हुन्छ । तर, यो नियम पनि कसले टेर्ने ?
अभिभावकले बच्चालाई यस्ता सामग्री किन्न पठाएको प्रशस्तै देखिन्छ । ससाना बालबालिका पसलमा चुरोट मागिरहेका भेटिन्छन् । पसलेको कमाउधन्दा हुने भएपछि बेचिहाल्छन् । धुम्रपान खाने मात्र होइन् उसको परिवार र उसको छेउछाउ भएकालाई समेत असर पुर्याउँछ । चुरोटको धुँवा टाढाटाढासम्म पुग्छ । ध्रुमपान गर्नु भनेको पैसाको खेर फाल्नु र रोग निम्त्याउनु हो ।
ध्रुमपानले मानिसको फोक्सो, कलेजोलगायत महत्वपूर्ण अंग खराब बनाइरहेको छ । पछिल्लो समय अधिकांशको फोक्सो, मिर्गौला र कलेजो बिग्रेको छ । कारण यही नै हो । धुम्रपानले व्यक्तिलाई दम हुन्छ । हिँड्न सास्ती गराउँछ । यता, सरकारी कार्यालयका कर्मचारीहरु पनि ध्रुमपानको सेवन गरिरहेको भेटिन्छन् । सरकारले खानुहुँदैन भन्छ तर आफ्नै मातहतका कर्मचारीले टेरेका छैनन् ।
सार्वजनिक यातायातमा समेत चुरोटको धुँवा उडाइरहेका हुन्छन्, यात्रु । होटल, रेष्टुरेण्टमा सबैभन्दा धेरै बिक्री हुने भनेकै चुरोट हो । सर्वसाधारणहरु आफैले आफ्नो बाँच्ने अवधि छोट्याइरहेका छन् । रोग लागेर जिउनु अर्को सास्ती भइहाल्यो । आफ्नो श्री सम्पत्ति पनि यसैमा सिद्धयाउनेहरु पनि भेटिन्छन् । जनचेतना कमीले गर्दा मानिसहरुमा ध्रुमपानको लत लागेको हो ।
सरकारले धूम्रपान गर्नुहुँदैन् भनेर बेलाबखत विभिन्न अभियान त चाल्ने गरेको छ । तर, त्यसले निरन्तरता नपाँउदा पनि यस्तो भएको बताइन्छ । त्यस्तै, सरकारले ध्रुमपान गर्न निषेध गर्ने भनेपनि अनुगमन गर्दैन् । अनि कसरी लागु हुन्छ, धुम्रपन रोक्ने अभियान ? कुनै पनि मान्छेले आफ्नो आमाको पेटबाट त चुरोट खान सिकेका हुँदैन् । भोलि आफू कस्तो मान्छे हुने भन्ने कुरा संगतले सिकाउँछ ।
आमाबाबु सध्ये छन् भने छोराछोरी पनि त्यही लाइनमा जान्छन् । अभिभावक नै ध्रुमपानको भोगी छन् भने छोराछोरीले सिक्ने त भइ नै हाले । त्यसपछि साथी संगतले पनि यसमा धेरै प्रभाव पार्दछ । साथीकै लहैलहैमा लागेर कतिपय केटाकेटी बिग्रिएका छन् । समाजले पनि व्यक्तिलाई धेरै प्रभाव पारेको हुन्छ । आफ्नो सामाजिक संस्कृति कस्तो छ ? त्यहीअनुसार त व्यक्ति अघि बढ्ने हो ।
सरकार जनताप्रती कहिल्यै जिम्मेवार भएन् । राज्यले जनतालाई कर र भोट लिने साधन मात्र बनाएको छ । कुनै महिलाको कोखमा गर्भ आउनेबित्तिकै राज्यले कर उठाउन थाल्छ । बच्चा पेटमा हुँदादेखि नमरुञ्जेल कर लिने गरेको छ । यता, त्यही बच्चा भोलि ठुलो भएर आफूलाई मतदात गर्छ । नेताहरुलाई सत्तामा पुर्याउने साधन भए जनता । सरकार जनतालाई आम्दानीको स्रोत बनाउने, उद्योग व्यापारीहरु बिष बेचेर पैसा कमाउने ।
स्वास्थ्य व्यक्तिलाई विष खान दिएर मार्ने । चुरोट, खैनी, गुट्खा, पान पराग, सुर्ती यो सबै विष हो । उत्पादन गर्ने कम्पनीलाई त यो कमाउने राम्रो स्रोत बनेको छ । तर, जनता त दिनदिनै बिरामी बनिरहेका छन् । उद्योगी व्यवसायीहरुले आफूखुसी यस्ता सामग्रीका रेट राखेका छन् । चुरोटको मूल्य सरकारले तोकेको हैन् । उद्योगी व्यवसायीको जिब्रोमा आएअनुसार रेट राखिएको छ ।
मान्छे जन्माउने जनता, कमाउने उद्योग व्यवसायी, कर लिने सरकार । उद्योग व्यवसायीले जनता जन्माउन सक्छ ? जनता जन्माउन पनि नसक्ने अनि यस्तो विषालु पदार्थ खान दिएर मार्ने । पछिल्लो समय क्यान्सरका बिरामीको संख्या बढ्नुको कारण हो ? अस्पताल गयो भने अधिकांश बिरामी क्यान्सर कै रोगी भेटिन्छन् । क्यान्सर अस्पतालमा बिरामीको चाप उत्तिकै हुन्छ ।
पैसा हुने त उपचार गराउलान् नहुनेले के गर्ने ? आफूसंग भएको सम्पत्ति उपचार गर्दागर्दै सकाइसकेका छन् । त्यतिखेर मात्र हिजो आफूले चुरोट नखाएको भए हुन्थ्यो भनेर दिमाग आँउछ । न अकालमा ज्यान खेर फाल्नुपर्थ्यो न सम्पत्ति नै स्वाहा हुन्थ्यो । मर्ने दिन कुरेर बस्न कति गाह्रो हुन्छ ? क्यान्सरको उपचार गर्न थुप्रै पैसा लाग्छ । आफ्नो घरखेत बेचेर उपचार गर्नेसमेत छन् ।
सरकारले जनतालाई औलामा राखेर फनफनी घुमाइरहेको छ । एकातिर यस्ता सामग्री बेच्नेलाई लाइसेन्स दिन्छ । त्यहीबाट कर उठाइरहेको छ । अर्कोतिर चुरोट, सुर्ती खानुहुँदैन् भन्ने पनि सरकार नै हो । सार्वजनिक स्थलमा धुम्रपान गरेमा वा त्यस्ता सामग्री बेचेमा कारबाही गर्छौ भन्ने गरेको छ । तर, गर्दैन् । फेरि नेपालमै क्यान्सरको उपचार गर्ने अस्पताल खोलेको छौं भन्छ ।
जनता रोगी बनाउनेमा सरकारकै हात छ । सरकार आफैंले जनतालाई बिष खान दिन्छ अनि शिथिल भएपछि उपचार गरेर बचाउँछौ भन्दै जनताको पैसा लुट्छ । सरकार र उद्योगीहरु मिलेर जनता मारिरहेका छन् । उनीहरुलाई कंगाल बनाउनमा यी दुईको हात छ । नेपालमा धेरै कलाकार धुम्रपान गर्नुहुँदैन् भनेर विज्ञापन गर्छन् । डाक्टर ध्रुमपान गर्नुहुँदैन भनेर ठूल्ठुला कुरा गर्छ तर आफैले चुरोटको धुँवा उडाउँछन् ।
सरकारले यी उद्योगहरु बन्द गरिदिने हो भने जनताको बाँच्ने अधिकार सुनिश्चित हुन्छ । धेरै मान्छेहरु रोगी भएर थलिनबाट बच्छन् । रोग लागेर श्री सम्पत्ति सिद्धयाउने अवस्थाको अन्त्य हुन्छ । नेपालीको बाँच्ने अधिकार पनि लम्बिन्छ । सरकारी र निजी विद्यालयमा पठाउने शिक्षकहरु धुम्रपान गरिरहेको विद्यार्थीले देखेका हुन्छन् । किन कि स्कुलभित्रै शिक्षकहरुले चुरोट तानिरहेका हुन्छन् ।
शिक्षकले नै चुरोट तानेपछि विद्यार्थीले नसिक्ने त कुरै भएन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस्ता उद्योगहरुलाई कारबाही गर्नुको साटो उनीहरुसंग कमिशन खाएर बसिरहेको छ । फिल्म, भिडियोमा कलाकारहरुले शोखका साथ चुरोट सेवन गरिरहेका हुन्छन् । खुसी भए नि दुःखी भएपनि चुरोट नै तान्ने । कलाकारहरुले यस्तो पदार्थ सेवन गर्दा जनताले के सिक्छन् ? निर्माताले पहिल्यै सोच्नुपर्ने हो ।
जनताले नराम्रो कुरा सिकिरहेका छन् । कलाकारकै सिको गर्दै धुम्रपानको लतमा फसेकाहरु पनि छन् । कलाकारहरु कहिले राष्ट्र र जनताप्रति जिम्मेवार भएनन् । धुम्रपान सेवन गर्नुहुँदैन् भनेर विज्ञापन बोर्डले जनतालाई सचेत गराएको छैन् । यता, सञ्चारमाध्यमहरुले त यस्तै विज्ञापन राखेका हुन्छन् । बच्चा जन्मेपछि उसमा राज्य र बाबुआमा दुवैको लगानी हुन्छ ।
तर, धुम्रपानका कारण ऊ रोगी हुँदा वा असामयिक मृत्यु हुँदा यसको क्षति सबैले व्यहोर्नुपर्छ । राज्य र परिवारले ठूलो क्षति खेप्नुपर्छ । राज्यले जनता बचाउनका लागि पनि मादक पदार्थ र चुरोट, खैनी उद्योगहरलाई दिएको लाइसेन्स खारेज गरिदिनुपर्छ । कर आउँछ भनेर सरकार लोभमा फस्नुहुँदैन् । करभन्दा ठूलो जनता हो नि ? पहिलो कुरा सरकारले जनताको बाँच्नै अधिकार नै सुनिश्चित गर्नुपर्छ ।
सरकार जिम्मेवार बनिदिने हो भने क्यान्सर अस्पताल खोल्नैपर्दैन । मुलुकका सबै स्थानीय तहले सार्वजनिक स्थलमा धुम्रपान बेच्ने र खानेलाई कारबाही गर्नुपर्छ । जरिवाना निकै न्युन भयो । जरिवाना बढाएर १० देखि ३० हजार पुर्याउनुपर्छ । कैद सजाय पनि बढाउनुपर्छ । धुम्रपान रोक्नेबित्तिकै बाटो पनि सफा हुन्छ । सडकभरि ठुटैठुटा छ, परागको घिनलादो धाग छ । कानुन छ तर कार्यान्वयन भएन् । जाँडरक्सी र ध्रुमपानका कारण ७५ प्रतिशतले अकालमा ज्यान गुमाइरहेका छन् ।
यज्ञप्रसाद भट्टराई ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै