राप्रपा नेपाल केवल एउटा चुनावको लागि खडा भएको चुनाव परिचालन समिति होईन : अध्यक्ष थापा

३ पुस,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल  केवल एउटा चुनावको लागि खडा भएको चुनाव परिचालन समिति होईन भन्ने भानाई व्यक्त गरेका छन ।

राप्रपा नेपाल काठमाडौं कमिटीले आइतबार आयोजना गरेको   अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने”राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति हो। त्यसर्थ, चुनाव परिणाम प्रतिकुल रहेता पनि आगामी दिनमा राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त ढंगबाट अघि बढाईने बिश्वास समेत ब्यक्त गरे ।”

निर्वाचनमा निराशाजनक परिणामका वावजुद राप्रपा नेपालले अवलम्बन गरेको राष्ट्रियता लोकतन्त्र सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आधारित सम्बर्द्धनवादको महत्व, औचित्य र आवश्यकता नेपाली राजनीतिमा अद्यापि टडकारो रुपमा रहेको बताउँदै  । सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर पनि देशको बिकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने तथा त्यही नै राष्ट्रनिर्माणको उपयुक्त बाटो हो भन्ने राप्रपा नेपालको मान्यताको सर्वकालिक महत्व रहेको समेत उनको दाबी थियो ।

विद्यमान राजनीतिक संरचना भित्र रहेका त्रुटिहरुका कारण हालै सम्पन्न निर्वाचनबाट समेत देशले भोग्नु परेको संकटको समाधान हुन नसक्ने भन्दै उनले आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जाने र नवगठित प्रतिनिधि सभा दुई अढाई वर्षभित्र नै दुर्घटनामा पर्न सक्ने खतरा रहेको समेत आशंका ब्यक्त गरे ।

निर्वाचन अत्यन्त महंगो भएको तथा चुनावमा देखिएका विकृति र विसङ्गतिको कारण संसदीय व्यवस्था प्रति नै वितृष्णा बढेको चर्चा गर्दै थापाले देशमा धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा बढिरहेको अवस्थामा यसपटकको निर्वाचन परिणामबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षाको पक्षमा आवाज कमजोर हुँदै जानु चिन्ताको विषय भएको समेत उल्लेख गरे।

संसदमा प्रतिनिधित्व नभएको कारण अब राप्रपा नेपालले हिन्दुराष्ट्र पुनस्थापना र भ्रष्टाचार लगायतका आफ्नो एजेण्डाहरु स्थापित गर्न सडकमा क्रियाशील हुनु आवश्यक भएको र  आगामी चैत बैशाखमा राप्रपा नेपालले देशव्यापी सडक संघर्षको कार्यक्रम समेत संचालन गर्नु आबश्यक भएकोले सोही बमोजिम तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक