सामाजिक सुरक्षा कार्यविधि कार्यान्वयनको माग गर्दै जिफन्टले मनायो प्रवासी श्रमिक दिवस


२ पुस,काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले हालै सामाजिक सुरक्षा बोर्डबाट पारित भई श्रम मन्त्रालयले लागू गरेको सामाजिक सुरक्षा कार्यविधि कार्यान्वयनको माग गर्दै अन्तरास्ट्रिय प्रवासी श्रमिक दिवस मनाएको छ ।               

प्रवासी श्रमिक दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले भन्नुभयो”हामीले स्वदेश वा विदेश जहाँ भएपनि नेपाली श्रमिकलाई सामाजिक सुरक्षामा जोडिनु पर्ने माग गर्दै आएका थियौं । नेपालको सामाजिक सुरक्षा प्रणालीमा जोडिन चाहने नेपाली श्रमिकलाई सो अवसर दिनु पर्ने र विदेशमा भएको सामाजिक सुरक्षा संस्थासँग पारस्परिक सम्झौता गरि सामाजिक सुरक्षाको प्रत्याभुती दिनु पर्ने माग पनि गर्दै आएका थियौं । हालै सामाजिक सुरक्षा बोर्डबाट पारित भई श्रम मन्त्रालयले सामाजिक सुरक्षा कार्यविधी लागू गरेको छ । उहाँले भन्नुभयो यसमा जिफन्टको धेरै असहमतीका विषयहरु समेत रहेको छ । तर पनि यो जारी हुनुनै महत्वपूर्ण रहेको छ र लागू गर्दै जांदा देखिने कमजोरीहरु सुधार गर्दै जानु अनिवार्य हुन्छ ।” 

संसारभर सम्पुर्ण श्रमिकहरुको लागि सामाजिक सुरक्षा अभियान चलिरहेको छ । नेपालमा पनि नेकपा(एमाले) र जिफन्टको पहलमा श्रमिकहरुको लागि सामाजिक सुरक्षा लागू गर्न सफल भएको बताउँदै अध्यक्ष श्रेष्ठले भन्नुभयो अब देशभित्र मात्रै होईन जहाँ-जहाँ श्रमिक छन त्यहाँ-त्यहाँ सामाजिक सुरक्षा लागू हुनुपर्नेमा जिफन्टको अडान यथावत रहेको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो ।      

परदेशी भुमिमा रगत पसिना बगाएर देशलाई रेमिट्यान्स पठाउने श्रम शक्तिको समस्या समाधान गर्न सरकारले कुनै चासो नदेखाएको प्रती आक्रोश व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो विदेशी भुमिमा पसिना बगाएर फर्कने सम्पुर्ण श्रमिकहरुको भबिस्यको लागि सामाजिक सुरक्षा कार्यान्वयन हुने प्रक्रियामा रहेकोले यसलाई व्यबहारिक रुपमा लागू गर्नको निमित्त”प्रवासी श्रमिकको सुनिश्चित भविस्यका लागि सामाजिक सुरक्षा”भन्ने मुल नाराका साथ अन्तरास्ट्रिय प्रवासी श्रमिक दिवस,२०७९ मनाइएको पनि अध्यक्ष श्रेष्ठले भनाइ रहेको छ ।

स्वदेशमा प्रयाप्त श्रम र रोजगारीको अवसर नहुदा,पाएको श्रम पनि मर्यादित नहुदा र उचित ज्यालाको अभाव तथा मजदुरलाई सिद्रा बनाउने कारखानाहरुको कारणले हाम्रा युवाहरु बिदेशलाई श्रमको गन्तव्य बनाउनको निमित्त बाध्य भएका छन । त्यसैले स्वदेशमै श्रमको उचित व्यवस्था भएमा देशले कांचुली फेर्ने कुरामा जिफन्ट स्पष्ट रहेको र श्रम क्षेत्रमा युवाहरूको परिचालन मार्फत प्रयाप्त रोजगारीको सृजना गर्नुपर्ने कार्यमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सदैव लागिरहेको पनि अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।

जिफन्टले प्रवासी नेपाली श्रमिकको पक्षमा काम गर्न छुट्टै डेस्क सञ्चालन गर्दै आएको छ , जस मार्फत वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेकाहरुको उद्दारमा समन्वय र सहयोग,न्यायमा पहुँच,क्षतिपूर्ति लगाएतमा मद्दत गर्दै आएको छ । गत वर्षको प्रवासी नेपाली श्रमिक दिवसदेखि अहिलेसम्मको एक वर्षको अवधिमा १४६ जना समस्यामा परेका प्रवासी श्रमिकहरुलई सहयोग गरेको छ । यश क्रममा बिरामी परेका ५ जनालाई नेपाल फर्काएको छ । अलपत्र परेको ४ जनाको उद्दार गरेको छ भने कम्पनीले आउन नदिएको ३ जनालाई फिर्ता ल्याउने कार्य संगै मृत्यु भएपछि शव ल्याउन समेत नपाएको अवस्थामा ४ जनाको शव स्वदेश झिकाउन सफल भएको तथा १४ जनाको मेनपावरमा तिरेको रकम फिर्ता गराउन सफल भएको र फरक सम्झौताको कारण पीडित भएका २५ जनाको नेपालमा भएको सम्झौता अनुसार पारिश्रमिक पाउने अवस्था सृजना गराउन सफल भएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो  ।

त्यस्तै,ठगीमा परेका ५२ जना,पारिश्रमिक नपाएका तीन जनालाई पारिश्रमिक दिलाउने,१९ जनाको बिमा क्षतिपुर्ती भराउने काम पनि भएको छ भने एजेन्टले बढी रकम मागिएका ५ जना श्रमिकलाई सो रकम फिर्ता  दिलाउने काममा समेत जिफन्ट सफल भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।           

कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिकहरुको अवस्थाबारे तयार गरिएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो भने दाङको एक चेलिले खाडीमा बेहोरेको पिडा र दक्षिण कोरियामा कार्यरत प्रवासी श्रमिक उदय राईले आफ्नो अनुभव तथा कोरियामा कार्यरत नेपाली श्रमिकहरुको अवस्थाबारे आफ्ना भनाइ र अनुभव पनि साटासाट गरिएको थियो । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष एवं महिला कमिटी प्रमुख सीता लामा त्यस्तै उपाध्यक्ष रमेश बडाल,विदुर कार्की र जितेन्द्र श्रेष्ठ लगाएत जिफन्टको केन्द्रीय नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।                  https://fb.watch/htDNXZ1ra1/

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक