निर्वाचन आयोगले भन्यो,आचारसंहिता लागु भैसकेकोले मत सर्वेक्षण गर्न नपाइने


२७ असोज,काठमाडौं । निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता २०७९ लागु भैसकेकोले राजनीतिक दल र उम्मेदवार सम्बन्धि मत सर्वेक्षण गर्न नपाइने  निर्वाचन आयोगले जनाएको छ ।

बिहीवार निर्वाचन आयोगका साहायक प्रवक्ता एवं उपसचिव कमल भट्टराई द्धारा हास्ताक्षरित एक बिज्ञप्ति मार्फत आयोगले यस्तो जनाएको हो ।

विभिन्न राजनीतिक दल र उम्मेदवारहरुको सम्बन्धमा मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाईएकोले निर्वाचन आचारसंहिता २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनदर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सन्दर्भमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नपाईने स्पष्ट व्यवस्था गरिएको कारण मत सर्वेक्षण गर्न अथवा परिणाम घोषणा नगर्न निर्वाचन आयोगले सुचित गरेको छ ।

यदि उल्लेखित व्यवस्थाका विपरीत कोहि कसैले कार्य गरेमा कानुन बमोजिम कार्वाही हुने पनि आयोगले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक