सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प


१० असोज,काठमाडौं ।
सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला हाईड्रोपावरले देशभरका १८३२ जना सेयर सदस्यबाट संकलन गरिएको ५४ करोड रुपैयाँ पैसामा ब्रम्हलुट मच्यायको छ।

सेयर सदस्यहरुबाट जम्मा गरिएको रकमले पुर्व संचालक चुर्नप्रसाद श्रेष्ठले बनेपामा पेट्रोल पम्प लगाएतको आफ्नो निजि ब्यवसायमा लगानी गरेका हुन।श्रेष्ठले सेयर सदस्यहरुबाट संकलन गरिएको पुंजीलाई आफ्नो ब्यक्तिगत ब्यवसायमा लागानी गरेर कम्पनी कंगाल बनाएर आफुहरुलाई जिम्मा लाएको हाईड्रोका हालका डाईरेक्टर प्रकाश रजौरेले बताएका छन।

उनले भने ‘चुर्नप्रसाद श्रेष्ठ दुनियाँको पैसा उठाएर खाएर अहिले भागी-भागी हिंडिरहेका छन।सर्वसाधारणको पैसा उठाएर श्रेष्ठले बनेपामा पेट्रोलपम्प खोलिरहेका छन।कम्पनीको पैसा उठाउने र आफ्नो व्यावसाय गर्ने।कम्पनीको जग्गा किन्छु भनेर पैसा निकाल्ने तर पैसा हिनामिना गर्ने काम चुर्न प्रसाद श्रेष्ठले गरेका हुन।उनले धेरै सिन्धुपाल्चोकका मान्छेहरुको पैसा उठाएर खाएको प्रमाण हामिले भेटेका छौं । त्यस्ता सोचका मान्छेहरुले गर्दा कम्पनी अगाडी नबढेको हाईड्रोका डाईरेक्टर रजौरेको भनाइ रहेको छ ।’

हाईड्रोपावरले सेयर सदस्यहरू बाट संकलित ५४ करोड रुपैयाँ सिध्याउंदा प्रिफ्याब भवन तथा मेसिनरी वाल निर्माणको लागि जिम्मेवारी दिएको मोक्तान कन्ट्रक्सन लाई १७ लाख रुपैयाँ काम सकाएको ४ बर्ससम्म भुक्तानी दिएको छैन ।आफुले पाउनुपर्ने रकमको मागदावी सहित मोक्तान कन्ट्रक्सनका संचालक तथा श्रमिकहरुले श्रम अदालतमा मुद्दा  हाल्ने तयारी गरिरहेको मोक्तान कन्ट्रक्सनले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो