यी हुन ओली नै भावी प्रधानमन्त्री हुनुपर्ने ६ कारणहरु

काठमाडौं, भदौ १४ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नुको मुख्य आधार उनले विगतमा गरेका काम नै रहेको बताइएको छ ।

एमाले प्रचार विभागकाे अनुसार ओलीले गरेका कामका आधारमा उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीका रूपमा अघि बढाइएको बुझिएको छ। जस अनुसार :‘अध्यक्ष कमरेड केपी शर्मा ओली नै प्रधानमन्त्री बन्नुपर्नेमा उहाँको अडान, सपना र व्यक्तित्वका कारण नै हो,’  ‘आधुनिक नेपालको ७५ वर्षको इतिहास हेर्दा अध्यक्ष कमरेड ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपुरा भएकाले बाँकी रहेको विकास र समृद्धिको अधुरो सपना पूरा गर्न एमालेले यस्तो निर्णयमा पुगेको हो ।’

राष्ट्रिय स्वभिमानको प्रवद्र्धकका रूपमा ओली नेतृत्व आवश्यकता रहेको र वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुका रूपमा रहेर काम गरेकोले, त्यो उचाईको नेताको आवश्यक देखिएकाले एमालेले ओलीलाई नै प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेको दाबी उनको छ ।

‘अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तित्व अहिलेसम्म नेपालले प्राप्त गरेको छैन । समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम छैन, ‘यो  पनि  ओली प्रधानमन्त्री हुनुपर्ने बलियो कारण हो भनिएको छ।’

ओली इतिहासको व्याख्याता मात्र नभई नेपालको कम्युनिस्ट आन्दोलनको निर्माता समेत भएको र कम्युनिस्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धि यात्रामा लाने सूत्रधार रहेको दाबी उनको छ ।

संघर्ष, त्याग र निरन्तरताको पर्याय रहेका र नेपालका समकालीन नेतामध्ये उच्च र सक्षम नेतृत्वकर्ता रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र ओलीलाई प्रधानमन्त्री बनाउने एमालेले  दाबी गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले ‘चुनावमा गरिने तालमेल पारस्परिक लाभको विषय भएको’ भन्दै ‘जोसँग तालमेल हुँदा आफूलाई लाभ पुग्छ, त्यसैसँग तालमेल गरिने’ बताए । ‘चुनावमा तालमेल के गर्ने स्थानीय परिस्थितिमा भरपर्ने’को धारणा छ ।

‘तालमेल कुनै नीतिगत सम्झौताको विषय होइन, नीतिगत सम्झौता कसैसँग पनि गर्दैनौं, आफ्नो नीतिका आधारमा चुनाव लड्छौं,’ उनले भने, ‘जो पक्षसँग पक्षसँग चुनावी तालमेल हुँदा पारस्परिक लाभ हुन्छ । त्यो पक्षसँग तालमेल गर्न सकिन्छ । यो हाम्रो नीतिगत मान्यता हो ।’

एमाले अध्यक्ष ओली र रवीन्द्र मिश्रबीच सोमबार नै भएको भेटघाटबारे उल्लेख गर्दै उनले कुनै पनि‘आलोचकहरु एकपटक  अध्यक्ष ओलीसँग भेटेर कुरा गरेमा उनीहरुले ओलीलाई बुझ्ने उहाँप्रति  प्रभावित हुने कुरामा दुई मत नरहेको भनी  दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा