दलालको भरोसामा ज्यानको बाजी,परिवारलाई सुखी बनाउने सपना धुवाँमा परिणत

६ भदौ,काठमाडौं ।
गत अगस्ट चार तारिखमा रोमानियाबाट अवैधानिक ( illegally ) रुपमा पोर्तुगल जाने क्रममा फ्रान्सको नाईस सिटि भन्ने ठाँउमा सवारी दुर्घटना हुंदा घटनास्थलमै निधन भएका भरतपुर-११,चितवनका ३७ बर्शिय महेन्द्र प्रसाद कंडेलको सब आईतवार बिहान ६:१५ मा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा आईपुग्यो र हिन्दु परम्परा अनुसार आईतवारनै उनको दाहासंस्कार गर्ने काम परिवारले सम्पन्न गर्‍यो।

सोही घटनमा परि दुईवटै खुट्टामा गम्भीर चोट लागेर घाइते भएकी नवलपरासीकि लक्ष्मी न्यौपानेको उपचार भैरहेको जानकारी रोमानियामा कार्यारत पत्रकार युवराज लामिछानेले दिनुभएको छ।

पछिल्लो समय नेपाली युवाहरूले भबिस्य ब्यवस्थापनको सपना देखेर बैधानिक र अबैधानिक दुबै बाटोहरु प्रयोग गरेर युरोपेली मुलुकहरूको यात्रा गरिरहेका छन।त्यसक्रममा नेपाल बाट सहज तरिकाले पुगिने देश गएर त्यहाँबाट गैरकानुनी रुपमा विभिन्न दलालहरुको प्रलोभनमा महङ्गो रकम तिरेर पोर्तुगल लगाएतको देशमा जाने चलन बिकृतिको रुपमा फैलिरहेको छ।

पछिल्लो हप्ता यहि बिकृतिको सिकार भएका थिए चितवनका कंडेल र नवलपरासीकि न्यौपाने।घरको बिग्रंदो आर्थिक अवस्थाको ब्यवस्थापन र परिवारलाई सुखी बनाउन रोमानिया पुगेका उनिहरु त्यो भन्दा पनि ठूलो सपना देखेर अवैधानिक तरिकाले ट्रकभित्र लुकेर पोर्तुगल हिंडेका थिए तर पेरिसमा भएको दुर्घटनामा कंडेलले ज्यान गुमाए परिवारलाई सुख दिन रोमानिया भन्दापनी सम्पन्नसाली मुलुकको यात्रामा निस्केका उनको सपना धुवाँमा परिणत भयो।त्यस्तै घाइते रहेकी लक्ष्मी न्यौपाने पराई देशमा जीवन मरणको लडाइँ लडिरहेकी छिन।

नेपालिहरुको सहज गन्तब्य भएको कारणले पनि पछिल्लो समय बहुसंख्यक नेपाली हरुको युरोप यात्राको सहज माध्यम बनिरहेको छ रोमानिया।कसले कति डिमाण्ड ल्याउने र पठाउने भन्नेमा मेनपावरहरुको प्रतिस्पर्धानै देखिन्छ।जस्तोसुकै काम र जतिसुकै तलबमा पनि नेपालीहरु ५/७ लाख तिरेर रोमानियां जान चाहान्छन र त्यहाँ बाट गैरकानुनी रुपमा भागेर पोर्तुगल छिर्ने प्रायजसोको मुख्य उद्देश रहन्छ।यसमा बङ्गालिहरुसंग मिलेर व्यापक रुपमा मानव तस्करहरुको मोलमोलाइ पछि ट्रक चडाएर पशुबिक्री गरेझैं रोमानियां बाट पोर्तुगल मानव तस्करी गरिरहेका छन।यसमा नेपाली तथा बङ्गाली मानव तस्करहरुको ठुलै गिरोह सक्रिय रहेको रोमानियां तथा पोर्तुगल बाट जानकारहरु बताउंछन।

देशको अर्थतन्त्रको मेरुदण्ड वैदेशिक रोजगारिमा गएका युवाहरूको रेमिट्यान्सले धानेको छ।जुन रफ्तारमा रेमिट्यान्स आईरहेको छ देशले त्यो भन्दा ठूलो सामाजिक बियोग खेपिरहेको छ।कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत हिस्सा धानेका युवाहरूले बिदेशमा कस्तो पिडादायीक जीवन बांचिरहेका छन सरकार मुगदर्शक बनेर हेरिरहेको छ भने समन्धित देशका राजदुतावास,राजदुत,महावाणिज्यदूत र सरकारी निकायहरू रमिते बनिरहेका छन वा मानव तस्करहरु संगै रात्रिभोज र डिनरमा अभ्यस्त छन।
गतबर्श मात्रै वैदेशिक रोजगारिमा गएका १४७९ जना नेपालिहरुले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको थियो।यो त बैधानिक माध्यमबाट बिदेश गएकाहरुको तथ्यांक हो।अझ गैरकानुनी रुपमा बिदेशमा बस्ने,घाइते हुने,अङ्गभङ्ग हुने र मृत्यु हुनेहरुको यकिन तथ्यांक वैदेशिक रोजगार बिभाग र सरकार संग पनि रहेको पाईंदैन।
यसरी रोमानिया मार्फत युरोपका अन्य मुलुकहरुमा हुने नेपाली युवाहरूको गैरकानुनी तस्करी गर्ने मानव तस्करहरुलाई बेलैमा कार्वाहीको दायरामा नल्याउने हो भने यो समस्याले अझै भयावह र बिकराल रुप लिने स्थिति नआउला भन्न सकिन्न।यसका निमित्त परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार बिभागले एक उच्चस्तरीय संमयन्त्रनै गठन गरि रोमानिया बाट युरोपका अन्य देशमा हुने गैरकानुनी मानव ओसारपसार गर्ने चलन बारे गम्भीर अनुसन्धान गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने