पीपुल नेपाल, असाढ ३१ काठमाण्डौं । निर्वाचन आयोगका अनुसार अवदेखि सर्वसाधारणले घरमा नै बसेर अनलाईनको माध्यमबाट नै मतदाता परिचयपत्रको फारम भर्न सक्नेछन् ।निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुनेछ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।यस सम्बन्धमा आयोगले तयार पारेको विज्ञप्ति सुनाउँदै थपलियाले भने, “फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यलाई सहजीकरण गर्दै अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले भोटर लिस्ट रजिस्ट्रेसन सिस्टम तयार गरी पाइलट सञ्चालनको रुपमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट यही बुधबारबाट सुरु गर्दैछ ।”
थपलियाका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा बुधबारबाट आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् । यद्यपि फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा भने उपस्थित हुनुपर्ने उनले बताए ।
हालसम्म ‘बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम’ (बीभीआरएस)मार्फत नामावली दर्ताको कार्य हुँदै आएको छ । उक्त प्रणालीलाई स्तरोन्नति गरी आयोगले अनलाइन प्रणालीमा लगेको हो । प्रमुख आयुक्त थपलियाले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने विश्वास व्यक्त गरे ।
“मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा त्यसको नम्बर उपलब्ध गराइनेछ,” उनले भने, “सोही नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछन् ।”
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि