माओवादीका सांसद विष्ट एमाले प्रवेश गर्दै

२०७८ चैत ६, काठमाडौं । कर्णालीका माओवादी केन्द्रका सांसद ठम्मरवहादुर विष्टले सांसद पदबाट राजीनामा दिएर २०७८ चैत ४ गते राजीनामा दिएकाे कुरा प्रदेश सभामुख राजवहादुर शाही समक्ष सनाखत समेत गरेका छन् । त्यसपछि कर्णालीमा झन् तरंग सिर्जना भएको छ । ठम्मरवहादुर विष्ट नेकपा विभाजन हुनेबेला नै एमालेको केन्द्रीय सदस्य हुने गरी जान लागेका थिए ।

त्यतिबेला माओवादीबाट प्रदेश सरकारको मन्त्री हुने आश्वासन पाएपछि माओवादीमै बसेका थिए । प्रचण्ड निवास खुमलटार पुगेर भेटघाटपछि विष्टले मन्त्रीको आश्वासन पाएकै कारण प्रमुख सचेतक तत्काल हुनेगरी माओवादी केन्द्रमै बसेका थिए ।

  माओवादीले विष्टलाई मन्त्री नबनाई चाेरी मुद्दामा कैद सजाय समेत भाेगेका हुम्लाका विवादित कार्चेन लामालाई मन्त्री बनाएपछि विष्टले सांसदबाटै राजीनामा दिएका हुन् । विष्ट एमालेमा प्रवेश गर्नेगरी राजीनामा दिएको बताइन्छ ।

 

विष्टले एमालेसँग  तीनवटा विषयमा सहमति गरेको पनि बताइएको छ । एमालेका नेता यामलाल कँडेलमार्फत महासचिव शंकर पोखरेलसँग विष्टले सहमति गरेपछि माओवादीको सांसद पदबाट राजीनामा दिएका बताइएको छ ।   

   २०७८ फागुन १५ गते एमसीसी पारित भएकै दिन माओवादी र प्रचण्डलाई गाली गरेर फेसबुकमा स्टाटस लेखेका विष्ट एकदुई दिनमै एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार, प्रदेश सांसदको उम्मेदवारी र केन्द्रीय सदस्यको मनोनित हुने गरी महासचिव शंकर पोखरेलसँग सहमति जुटाएका छन् । यसअघि माओवादी सांसद धर्मराज रेग्मीले पनि सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । रेग्मीसँगै एमालेमा गएपछि विष्ट भने अन्तिम समयमा माओवादीमै फर्केका थिए ।

   कुनै बेला माओवादी नेता पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको दाहिने हातको रुपमा चिनिएका ठम्मरवहादुर विष्ट मन्त्री हुन नपाएकै कारण एमाले प्रवेश गर्न लागेको भन्दै माओवादीमा पनि चर्चाको विषय बनेको छ ।  विष्ट एमाले प्रवेश गरेपछि सुर्खेतबाट प्रदेश सांसदको टिकट पाउने ग्यारेन्टी पनि पाएका छन्  । अनि लगत्तै अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनित गर्नेछन् ।

 

सांसद पदकाे राजीनामा सनाखत र  एमालेसँग भएकाे सहमतिका कारण अब विष्ट माओवादीले सम्झाएर पनि बस्ने स्थितिमा नरहेको चर्चा पनि भइरहेको छ । साथीको हैसियतमा महेन्द्रबहादुर शाहीले पनि विष्टलाई माओवादीमा नै रोक्ने प्रयास निकै गरेका थिए । तर, उनी अहिले शाहीसँग पनि सम्पर्कमा जान नै चाहेनन् ।

    विष्टले दिएको राजीनामा चैत ४ गते सनाखत त भयाे अब स्वीकृत भएपनि गठबन्धनको कर्णाली प्रदेश सरकारमा भने प्रभाव पर्ने छैन । माओवादीका १३ सांसदमा रेग्मी र विष्टले छोडेपछि अब घटेर ११ मात्रै रहनेछन् । त्यसैगरी, एमालेका ४ जना सांसदको पद खारेजीमा परेको छ ।

 

त्यसैले ६ जना सांसद कम हुँदा ३४ जनाको मात्रै प्रदेश संसद हुने भएको छ । ३४ जना सांसदमा माओवादीका ११ र कांग्रेसका ६ सांसद अनि एकीकृत समाजवादीका ३ जना गरी २० जना सांसदको सरकार बन्ने स्थिति भएको छ । एमालेसँग रहेका २० जना सांसदबाट घटेर १३ मात्रै रहेको अवस्था छ । त्यसैले विष्टले राजीनामा दिने वित्तिकै प्रदेश सरकार फेरबदल भने हुने अवस्था रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री