काठमाडौं, २० पुस : नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्तापक्षले नै संसद् अवरोध गरिरहेको आरोप लगाएका छन् ।
हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “संसद् परमादेशबाट पुनःस्थापना भयो । हामीले संसद्मा बिजिनेस देऊ भन्न थाल्यौं । नयाँ विधेशयक आउला भनेको त एकछिनपछि संसद् अधिवेशन अन्त्य गरियो । मध्यरातमा दल विभाजनसम्बन्धी अध्यादेश आयो । त्यसपछि के के भयो, हामी सबैलाई थाहा छ ।

एमालेको बटमलाइन सत्तापक्ष र प्रतिपक्षबीचमा वार्ता भएको उनले औंल्याए । उनले थपे, “हामीले वार्तामा बसौं, त्यसको निष्कर्पका आधारमा अघि बढौं भन्दा सत्तापक्षले अहिलेसम्म वार्ताको कुरा छाडौं, फोन गर्न पनि डराइरहेको छ । हामी सोध्न चाहन्छौं- दल विभाजनसम्बन्धी अध्यादेश किन ल्याइयो ? अदालतको बबन्डर कसरी समाधान गर्ने हो ? सभामुखको भूमिका के हो ? हामी वार्ता गर्न तयार छौं । वास्तवमा संसद् सत्तापक्षले नै अवरोध गरेको हो ।
कार्यक्रममा नेता तामाङले फेरि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले बधाइ दिन कञ्जुस्याइँ नगर्ने पनि बताए । उनले भने, “शुभकामना दिन के कञ्जुस्याइँ गर्नु ? यहाँ धेरै चोटि धेरै वर्षसम्म अध्यक्ष भैसक्नुभयो, बधाई छ । लिस्ट बनाएर केन्द्रीय समिति घोषणा गर्न सफल हुनुभएको छ । हामीले पनि त्यसै गरेको भए पनि हुन्थ्यो । नेतृत्वले सबै कुरा विचार गरेर नै गरेको होला । यो पार्टीको आन्तरिक कुरा हो । हामीले टीकाटिप्पणी गर्नु उपयुक्त हुन्न ।”
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि