धादिङको ज्वालामुखि गाउँपालिकामा ४१ मिनेटको बृतचित्र निर्माणमा १७ लाख भ्रष्टाचार !

धादिङ,पौष  १४ । सामान्य त एउटा भिडियो रिपोर्ट बनाउन कति रुपैयाँ लाग्छ ? १/२ लाख वा ५ लाख रुपैयाँ ! एक घण्टाको खोजमुलक रिपोर्ट बनाउन पनि केही लाख रुपैयाँ लाग्नु स्वभाविक हो । तर, धादिङको ज्वालामुखि गाउँपालिकाले गाउँपालिकाको ४१ मिनेटको भिडियो रिपोर्ट ‘बृतचित्र’ बनाउन १७ लाख रुपैयाँ खर्च गरेको छ ।

गाउँपालिकाले बृत्त चित्र निर्माणमा भ्रष्टाचार गरेको भन्दै महालेखा परिक्षकको वार्षिक प्रतिवेदनले नै ठहर गरेको छ ।

महालेखाले ज्वालामुखि गाउँपालिकाले भिलेज प्रोफाइल निर्माणका लागि खर्चिएको १७ लाख ४५ हजार ८ सय ५० रुपैयाँ बेरुजु निकालेको छ ।

 

बृत्त चित्रको परिकल्पना गाउँपालिका अध्यक्ष विनोदराज तिमिल्सेना र गाउँपालिका उपाध्यक्ष जानुका सिंखडाले गरेको उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साले परिकल्पना तथा निर्देशन गरेको ४१ मिनेट २६ सेकेण्डको उक्त भिडियो निर्माणका लागि यतिका रकम खर्चिएको हो ।

 

विजनेश म्यानेजमेन्ट सर्भिसेस प्रा.ली नागार्जुनले निर्माण गरेको भनिएको उक्त बृत चित्रमा कतिपय विषय वस्तु चोरीको समेत आरोप छ ।

गाउँपालिका अध्यक्ष तिमल्सेना र उपाध्यक्ष जानुका सिंखडाको मिलेमतोमा गाउँपालिकामा चरम भ्रष्टाचार हुँदै आएको स्थानियबासीको आरोप छ । पालिका अध्यक्ष तिमल्सेनाले वडा नम्बर ४ स्थित बराहाकालिका स्कुल नजिकै ठूलो महल नै बनाएको आरोप स्थानियबासीको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन