स्थानीय निर्वाचनको तयारी

धुलिखेल, पुस ८ गते । आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्याशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिनुभयो ।

स्थानीय जनप्रतिनिधिको निर्वाचित अवधि चैतमा सकिने भएकाले आगामी वर्षको वैशाखमा निर्वाचन गर्ने लक्ष्यसहित काम थालिएको उहाँले जानकारी दिनुभयो । थपलियाले भन्नुभयो, ‘‘२०७९ वैशाख २० गतेभित्रै निर्वाचन सम्पन्न गर्ने र समयमै नयाँ जनप्रतिनिधिहरू दिने विषयमा आयोग गम्भीर छ र छिट्टै नै स्थानीय तह निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने आयोगले तयारी गरिसकेको छ ।’’

२०७८ चैत ५ गतेभित्र ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुने जानकारी उहाँले दिनुभयो । स्थानीय तहका जनप्रतिनिधिको अवधि थप्ने कानुनी व्यवस्था अहिलेको मितिसम्म नरहेकाले स्थानीय सरकार रिक्त रहने कल्पना गर्न नसकिने प्रस्ट पार्दै उहाँले वैशाख २० गतेभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति एवं उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने प्रक्रियामा आयोग प्रवेश गरिसकेको थपलियाले बताउनुभयो । त्यसैले पनि अब आयोग निर्वाचनको पूर्वसन्ध्यामा प्रवेश गरेको मनसायका साथ महिला पत्रकारका लागि तालिम गरेर आयोगले आफ्नो निर्वाचनसम्बन्धी गतिविधि अघि बढाएको उहाँले सुनाउनुभयो । निर्वाचन गतिलो भयो भने मात्रै शासकहरू गतिला हुन्छन्, प्रतिनिधि गतिलो भयो भने मात्र हामीले गतिलो शासन पाउने हो, त्यसैले यो कुरालाई मनन गरिदिन उहाँले आग्रह गर्नुभयो । निर्वाचनका समयमा हुने दुष्प्रचार तथा गलत समाचारको हेक्का राख्दै निर्वाचनको मूल्य मान्यतालाई ध्यानमा राखेर सघाउन सञ्चारकर्मीलाई उहाँले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक