बहुमतको सरकार निर्माणमा जुट्न आह्वान

काँग्रेसको आन्तरिक प्रतिस्पर्धा हो । अबिर जात्रा, विजय ¥याली र नाराबाजी नगर्नुहोस्  । 

काठमाडौँ, पुस १ गते । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले काँग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्यसाथ सुन्नका साथै काँग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र सङ्घर्ष गर्नुपर्ने सल्लाह दिनुभयो । काठमाडौँमा यही २४ गतेदेखि २७ गतेसम्म आयोजित १४औँ महाधिवेशनबाट पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबिर जात्रा, विजय -याली र नाराबाजी गर्नसमेत रोक लगाउन निर्देशन दिनुभएको थियो ।

यो काँग्रेसको आन्तरिक प्रतिस्पर्धा हो; अबिरदजात्रा, विजय -याली गर्नेजस्ता गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताउनुभयो । उहाँको गृहजिल्ला डडेल्धुरामा पनि ¥याली निकाल्ने काम नगर्न निर्देशन दिइएको छ । सभापति देउवालाई बधाई तथा शुभकामना दिन बिहान सबेरै सर्वसाधारण कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए । नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले भरिभराउ प्रधानमन्त्री कार्यालय परिसर दिउँसो १ बजेपछि खुकुलो बनेको हो ।

‘उत्साह, एकता र रूपान्तरण’ १४औँ महाधिवेशनको प्रमुख आकर्षक नारालाई सार्थक तुल्याउन नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री देउवाको नेतृत्व सफल हुनेमा नेता कार्यकर्ताको विश्वास रहेको छ । सुदूरपश्चिम प्रदेश सांसद डा. रणबहादुर रावलले कम्युनिस्टहरू टुक्रिएको बेला काँग्रेसलाई एकढिक्का हुने सुनौलो अवसर भएको बताउनुभयो ।

काँग्रेस पार्टी ओखलढुङ्गाका पूर्वसभापति प्रदीप सुनुवारले सभापति देउवाको विजय लोकतन्त्रको रक्षा र सिङ्गो काँग्रेस पार्टीको एकताका लागि भएकाले अबका दिनमा ‘मभित्र काँग्रेस र काँग्रेसभित्र हामी’ अटाउने गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै धनगढी उपमहानगरपालिका कैलालीका मेयर नृपबहादुर वडले वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका उम्मेदवारत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उपस्थितिले पार्टीभित्रको गुट–उपगुट अन्त्य भई काँग्रेस एकताबद्ध भएको सन्देश गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक