मङ्सिर अन्त्यमा काँग्रेस महाधिवेशन

काठमाडौँ, कात्तिक ११ गते । पटक पटक सर्दै आएको नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आउँदो मङ्सिरको अन्तिम साता गरिने भएको छ ।
पूर्व निर्धारित मङ्सिर ९ देखि १३ गतेसम्मको कार्यतालिकालाई संशोधन गर्दै पार्टीको केन्द्रीय निर्वाचन समितिले आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता महादेव यादवले मङ्सिरभित्रै महाधिवेशन सक्ने गरी कार्यतालिका तयार पारेको जानकारी दिनुभयो ।
कात्तिक दोस्रो साता गर्ने गरी तय गरिएको प्रदेश अधिवेशन अब आगामी मङ्सिर १६ र १७ गते हुने भएको छ । यसका साथै पार्टीले प्रदेश अधिवेशनअघि नै सबै जिल्लामा जिल्ला अधिवेशन गरिने जनाएको छ । धेरैजसो जिल्लामा मङ्सिर १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न हुने अवस्था रहेको जानकारी समितिका संयोजक यादवले दिनुभयो ।
जिल्लाको अवस्था फरक फरक भएकाले मङ्सिर १० गतेसम्म सबै जिल्लाको जिल्ला अधिवेशन पूरा गर्ने र केन्द्रीय निर्वाचन प्रतिनिधिलाई पनि सोहीअनुसार निर्देशन दिइएको जनाइएको छ । पार्टीले हालसम्म १३ जिल्लाको जिल्ला अधिवेशन पूरा गरिसकेको छ । बाँकी जिल्लामा कतै वडा, पालिका, प्रदेशसम्मको अधिवेशन गरिएको र सबै जिल्लाको अवस्था फरक फरक रहेको जनाइएको छ ।
काँग्रेसले कात्तिक २७ गतेदेखि वडा अधिवेशनको प्रक्रिया पुनः सुरु गरिने जनाएको छ । हालसम्म १३ जिल्लामा वडा अधिवेशनको प्रक्रियासमेत सुरु हुनसकेको छैन । ती जिल्लामा पनि २७ गतेदेखि वडा अधिवेशन सक्ने गरी निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ । हिमाली जिल्लामा निर्वाचन अधिकृतलाई खटाइसकिएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक