आज नवरात्रको पाँचाै दिन स्कन्दमाताको आराधना गरी मनाइदै

स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेकोछ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुनुहुन्छ । तारकासुरले कठोर तप गरेर ब्रह्माजीसङ्ग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो, जसले गर्दा तारकासुर एक प्रकारले अमर जस्तै भएको थियो ।

दैत्यराजको कारण तीनै लोक त्रसित भएको थियो, तारकासुरले सबै देवताहरूलाई स्वर्गबाट निष्कासित गरेर भगायो र स्वयं नै समस्त भोगलाई भोग्न थाल्यो र सतीको मृत्यु पश्चात् भगवान् शिवजी निरासक्त भएर संधै नै ध्यान मग्न रहन थाल्नुभयो, सतीले पुनः पार्वतीको रूपमा हिमालयको घरमा लिएपछि पनि भगवान् शिवजीले आफ्नो योग तथा साधनाको त्याग गर्नुभएन र अन्ततः माता पार्वतीको कठोर साधनाको फलस्वरूप शिवजीले आफ्नो योग एवं साधनाको त्याग गर्नुभयो र अन्ततः पार्वतीसंग विवाह भयो तत्पश्चात यिनै दम्पतीको सन्तान कुमार कार्तिकेय भए ।

 

७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुरपति तारकासुरको वध गर्नुभयो त्यसै समयदेखि सबै देवताहरूको सेनापति हुनुभयो । स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त हुनुहुन्छ । देवी नाना प्रकारको आभूषण एवं अर्ध चन्द्र धारण गरेकी, देवी आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्नुहुन्छ, तर देवीमा कमलको आसनमा पनि बस्नु हुन्छ ।

देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ ।

मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् ।स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर