काठमाडौंमा ७३ प्रतिशतले लगाए कोभिड खोप

काठमाडाैं, असाेज १५ः काठमाडौं उपत्यकामा खोप लगाउनेको संख्या लक्ष्यनजिक पुगेपछि दसैंमा बजार थप चलायमान हुने देखिएको छ । काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउनेको संख्या ७३ प्रतिशत पुगेसँगै यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने देखिएको छ ।

घना जनसंख्या र चलायमान अर्थतन्त्रका कारण संक्रमणमा गुज्रिरहेको काठमाडौं उपत्यकामा पछिल्लो समय संक्रमणसमेत घट्दो दरमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा २१ लाख २९ हजार ७७३ मध्ये ७३ प्रतिशत अर्थात् १५ लाख ६२ हजार ७३४ जनसंख्याले पूर्ण मात्राको खोप लगाएको जनाएको छ । यसैगरी १६ लाख २२ हजार ४४१ अर्थात् ७६ प्रतिशतले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

काठमाडौं उपत्यका तीन जिल्लामध्ये लक्ष्यअनुसार सबैभन्दा बढी प्रतिशत खोप भक्तपुर जिल्लामा लगाइएको छ । भक्तपुर जिल्लामा दुई लाख ४६ हजार लक्षित जनसंख्यामध्ये एक लाख ८४ हजार अर्थात् ७५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको पाइएको छ । भक्तपुरमा पहिलो मात्राको खोप लगाउनेको संख्या एक लाख ५५ हजार अर्थात् ६३ प्रतिशत रहेको छ । यसैगरी काठमाडौं जिल्लाका लक्षित १५ लाखमध्ये ७४ प्रतिशत अर्थात् ११ लाख १२ हजारले पूर्ण मात्राको खोप लगाएका छन् भने ११ लाख ७७ हजार अर्थात् ७८ प्रतिशतले पहिलो मात्राको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यसरी नै ललितपुरका तीन लाख ८२ हजार लक्षितमध्ये दुई लाख ६५ हजार अर्थात् ६९ प्रतिशतले पूर्ण र दुई लाख ९० हजार अर्थात् ७६ प्रतिशतले पहिलो मात्राको खोप लगाएको पाइएको छ ।

सरकारले चैतसम्म सबै नागरिकलाई खोप लगाई सक्ने लक्ष्य लिएर खोप आपूर्ति गरेपछि काठमाडौं, लतिलपुर र भक्तपुरमा खोप लगाउनेको संख्या धेरै भएको हो । यसैगरी पहिलोमात्राको खोप लगाउनेको संख्या ७६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप अभियान प्रभावकारी बन्दै जाँदा देशभर रहेको कोरोना संक्रमण वृद्धिदरसमेत घट्दै गइरहेको पाइएको छ ।

गत महिनाअघि सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ अर्थात् ४.८६ प्रतिशत रहेकोमा हाल आएर सो संख्या १८ हजार ४२२ अर्थात् हाल सक्रिय संक्रमित २.३२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महिनामा संक्रमितको संख्या ५२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद गौतमले बताए । उनले हाल संक्रमणदर घटेको भए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको जनाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए ।

विगत २४ घन्टामा ११ हजार ७६५ जनाको पीसीआर तथा एन्टी परीक्षण गरेकोमा नौ प्रतिशत अर्थात एक हजार ७८ संक्रमित भएका छन । यो संक्रमणदर साउनमा २६ प्रतिशत पुगेकोमा हाल आएर १० प्रतिशतमा सीमित भएको छ । साउनको मध्यमा यो संक्रमणदर २६.७ प्रतिशतसम्म पुगेको थियो । यसैगरी विगत २४ घन्टामा निको हुनेको संख्या ९११ रहेको छ ।

हाल देशभरको सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ । साउनको मध्यमा काठमाडौ उपत्यकामा सक्रिय संक्रमित ११ हजार सात सयभन्दा बढी बिहीबार ४ हजार ४६२ रहेको छ । पछिल्लो दिन नेपालमा संक्रमण हुने संख्याभन्दा निको हुने दर बढिरहेको छ । भारतका सीमा जोडिएका जिल्लामा भने संक्रमणदर स्थिर रहेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्य प्रदेशको तुलनामा बढी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।