स्वदेश फर्किए नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौँ, ५ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल आज बिहान स्वदेश फर्किएको हो ।

टिमलाई क्यानका सदस्य छुम्बी लामाले स्वागत गरेका छन् । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर भने त्यतैबाट भारत प्रस्थान गरेका छन् । त्यस्तै क्रिकेट ट्रेनर राकेश कासिभाई गोहित पनि उतैबाट भारत गएका छन् ।

नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको थियो । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

नेपाल तेस्रो खेलमा भने अमेरिकासँग ६ विकेटले पराजित भयो । अन्तिम खेलमा भने नेपालले ओमानमथि ७ विकेटको जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र