September 16, 2021

पहिरो, सधैंको पिरलो

काठमाडाैं, भदाै ३१ः देशभर यो वर्ष २ सय ५७ वटा पहिरो गएको छ। जसमध्ये सबैभन्दा धेरै पाल्पामा १७, त्यसपछि रोल्पामा १५, कास्की र तनहुँमा १३/१३ वटा छन्। यस्तै, दार्चुलामा १२, नुवाकोटमा १०, पर्वत र बागलुङमा ९/९, मकवानपुर, गुल्मी र बाजुरामा ८/८ वटा छन्।

यही कारण ७७ जनाले ज्यान गुमाएको गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ। आठ जना बेपत्ता भएका छन्। ८९ जना घाइते छन्। २ सय ८४ परिवार प्रभावित छन्। ५३ घरमा आंशिक क्षति भएको छ भने ८६ वटामा पूर्ण क्षति। ४५ गोठसहित २ सय २३ पशु चौपाया क्षति भएको छ। ३ करोड ४५ लाख ४५ हजार रुपैयाँबराबरको भौतिक क्षति भएको केन्द्रको अनुमान छ।

केन्द्रका अनुसार पछिल्लो १० वर्ष अवधिमा २ हजार ३ सय ७८ वटा पहिरो गएको छ। उक्त अवधिमा १ हजार २ सय ८२ जनाले ज्यान गुमाए। ३ सय ५ जना बेपत्ता भए। १ सय ८५ जना घाइते भए। सबैभन्दा बढी बागलुङमा १ सय पहिरो गएको छ। त्यसपछि संखुवासभामा ९४ र ताप्लेजुङमा ६८ वटा छन्। मानवीय क्षतिका हिसाबले सबैभन्दा बढी सिन्धुपाल्चोकमा १ सय २८, कास्कीमा ६७ र ताप्लेजुङमा ५८ जनाको मृत्यु भएको छ।

पहिरोका कारण यस वर्ष २ सय १६ ठाउँमा सडक अवरुद्ध भए। यीमध्ये २ सय ३ ठाउँमा खोलिसकेको र १३ ठाउँमा अझै अवरुद्ध रहेको सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपनिर्देशक शिवप्रसाद नेपालको भनाइ छ। बढी सडक अवरुद्ध हुनेमा मनाङ छ। विभागका अनुसार रसुवाको भार्कुमा भने वर्षायामभरि नै सडक अवरुद्ध हुने गरेको छ।

उपनिर्देशक नेपाल गत वर्षको तुलनामा ४० प्रतिशत बढी पानी परेको र जटिल भौगोलिक अवस्थाका कारण पहिरो बढेको बताउँछन्। त्यसैगरी जथाभावी रूपमा गरिने सडक गतिविधिले पनि जोखिम बढाएको उनको भनाइ छ।

उनका अनुसार सडकको पहिरो पन्छाउन जेठ अन्तिमदेखि १ सय २५ वटा हेभी र ८० वटा सपोर्ट इक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय राजमार्गहरूमा आधा घण्टामै साइट सफा गरिएको छ। अन्य ठाउँमा पनि २–३ घण्टाभित्र सडक खुलाउने प्रयास भएको उनको भनाइ छ।

बर्सेनि पहिरो जानुका विभिन्न कारणमध्ये जलवायु परिवर्तन मुख्य रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनाल बताउँछन्। पहिरो नियन्त्रण र यसले गर्ने क्षति कम गर्न तीनै तहका सरकारले एकजुट भएर काम गर्नुपर्ने सहप्रवक्ता खनालको भनाइ छ। विद्यालयको पाठ्यक्रममैै यस विषयलाई समावेश गरी विद्यार्थी जीवनदेखि नै सचेत गराउनुपर्छ। उनका अनुसार पोहोर ४ हजार ९ सय र यस वर्ष ८ सय घरपरिवार बाढीपहिरो पीडितलाई तराईका जिल्लामा ३ लाख, पहाडमा ४ लाख र हिमालीमा ५ लाखका दरले लाभगाह्रीको खातामा रकम जम्मा गरिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद