
२०७८ भदौ भदौ १७,काठमाडाैं । कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने भएकाे छ ।बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गते देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने बाेर्डले जनाएकाे छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरेर परीक्षा सञ्चालन हुनेछ । बाेर्डले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
यसअघि गत जेठमा हुने भनिएकाे परीक्षा साउनका लागि तय थियाे । साउन ३१ गतेदेखि सुरु गर्ने भनिएकाे परीक्षा काेभिड संक्रमण जाेखिमका कारण स्थगित भएकाे थियाे । अरु परीक्षा चलिरहेका बेला कक्षा १२ काे परीक्षा मात्र स्थगित गरेकाे भन्दै सरकारकाे आलाेचना भएकाे थियाे ।
करिब ४ लाख विद्यार्थीकाे भविष्य अन्याेलमा परेकाे भन्दै सराेकारवालाहरुले काेभिड खाेप दिएर वा अन्य विकल्प प्रयाेग गरेर परीक्षा सुरु गर्न सरकारलाई आग्रह गरेका थिए ।१८ वर्ष पुगेका विद्यार्थीलाई काेभिड विरुद्धकाे खाेप लगाउने क्रम अहिले चलिरहेकाे छ ।
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र