राष्ट्रपति र प्रधामन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौं, भदौ १४ः आज श्रीकृष्ण जन्माष्टमी, विभिन्न स्थानका कृष्ण मन्दिरहरूमा पुजा आजा गरी मनाइँदै छ । उनलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देशमा यस्ता पर्वले विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गरेकी छन् । त्यसैगरी उनले गौरा पर्वप्रति पनि शुभकामना व्यक्त गरेकी छन् ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन् । उनले शुभकामना सन्देशमा हामी बहुभाषा र संस्कृतिले जोडिएका छौँ भन्दै दुवै पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको