ओलीसँग एकताको सम्भावना छैन

काठमाडौँ, भदौ ७ गते । प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता डा. विजय पौडेलले नेकपा (एमाले)सँग तत्काल कुनै पनि कार्यगत वा पार्टी एकताको सम्भावना नभएको बताउनुभएको छ ।
गोरखापत्रसँगको कुराकानीमा नेता पौडेलले माधवकुमार नेपालको नेतृत्वमा एमालेमा गरिएको विद्रोह वैचारिक र कार्यशैलीगत समेत रहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र सिध्याउने प्रपञ्चसहित दुई/दुई पटक संसद् विघटन र कम्युनिस्ट आन्दोलनसमेत समाप्त पार्ने गतिविधि केपी शर्मा ओलीबाट भयो । त्यसविरुद्ध विद्रोहको झण्डा उठाएका हौँ ।”

आधारभूत तहका जनतालाई बजेट तथा कार्यक्रममार्फत सम्बोधन गरी समाजवादी बाटोमा मुलुकलाई लैजानुपर्छ भन्ने पार्टीको सल्लाह लत्याएर पुँजीवादी बाटो अँगालेको, भ्रष्टाचारमा डुबेको र केही निजी क्षेत्रलाई राज्यको सम्पत्ति जिम्मा लगाउने कार्य गरेकाले विद्रोह अनिवार्य भएको उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “यो विद्रोह मात्र होइन, कम्युनिस्ट आन्दोलनको पुनर्गठन पनि हो । त्यो अभियानसाथ एमालेको पुनर्गठन गरिएको हो ।”
एमालेसँग तत्काल कार्यगत वा पार्टी एकतासमेत सम्भव नभएको बताउँदै उहाँले एमाले अध्यक्ष ओलीविरुद्धको मोर्चामा सहभागी एमालेका नेताहरू अहिले १० बुँदेको अलमलमा परेको बताउनुभयो । पौडेलले भन्नुभयो, “पार्टी बलियो बनाउने कुरा अध्यक्ष ओलीलाई मन पर्दैन । त्यसैले १० बुँदेको कार्यान्वयनको भ्रममा हाम्रो पार्टी दर्ताका लागि सनाखतको सङ्ख्या नपु-याउने षड्यन्त्रमा लाग्नुभएको छ ।”
सरकारमा सहभागिताको विषयमा पार्टी दर्ताको टुङ्गो लागेपछि छलफल हुने उहाँले बताउनुभयो । नेता नेपाल पक्षबाट सरकारमा सहभागिताका विषयमा सञ्चारमाध्यममा आएका कुराबारे आफूलाई जानकारी नभएको र केन्द्रीय कमिटी बैठकबाटै मन्त्रीका विषयमा टुङ्गो लाग्ने नेता पौडेलले बताउनुभयो ।

यस्तै सांसद मेटमणि चौधरीले संसद् विघटनलगायत संविधान विरोधी कार्यप्रति आत्मालोचनासहित सार्वजनिक रूपमा अध्यक्ष ओलीले क्षमा मागेको अवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार एमालेका पूर्ववत् सङ्गठन संरचना पूर्ण रूपमा जीवित बनाएको खण्डमा पुनः एकता सम्भव भए पनि त्यो कार्य अध्यक्ष ओलीबाट नहुने ठोकुवा गर्नुभयो । एमालेसँग तत्कालको अवस्थामा एकता नहुने बरु कम्युनिस्ट आन्दोलनको पुनर्गठनतिर लाग्ने उहाँले बताउनुभयो । बरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालसँग सहकार्य, कार्यगत एकता हुँदै पार्टी एकतासम्म नै जान सकिने चौधरीले बताउनुभयो ।
कम्युनिस्ट पार्टीलाई विसर्जनको दिशाबाट रोक्नकै लागि एमालेको पुनर्गठन आवश्यक भएको उहाँले बताउनुभयो । सांसद चौधरीले १० बुँदे कार्यान्वयनको आशामा मध्यमार्गी बाटो लिएर हिँडेका नेतासमेत एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी)मा आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता चाहेकै छैनन् । अन्य विचार समूहलाई स्वीकार्ने सम्भावना नै छैन ।” पार्टीभित्रको शक्ति बाँडफाँट मात्र विभाजनका कारण नभएको चर्चा गर्नुहुँदै उहाँले मूलतः कम्युनिस्ट आन्दोलन जोगाउनकै लागि विद्रोह अनिवार्य रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री