नेपालमा कति छन् ‘स्टार’ होटेल ?

काठमाडौं,साउन ३२,नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रूम ९कोठा० संख्या ८ हजार ५९५ रहेको छ, भने बेड अर्थात् शय्या संख्या १३ हजार ८७७ रहेको छ । यी होटेलहरूमा ३ हजार ५३२ जनाले रोजगारी पाएका छन् । पर्यटकीय स्तरका होटेलहरूको संख्या १ हजार १७१ छ । विभागका दर्ता भएका तारा स्तर र अन्य गरी कुल १ हजार ३१३ होटेल रहेका छन् भने यिनीहरूको कुल बेड संख्या ४५ हजार ८५० रहेको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जीसीले यो संख्या विभागमा दर्ता भएका होटेलहरूको मात्रै हो । ठूलो संख्याका होटेलहरू विभागसम्म आइनसकेको उनले बताए । विभागमा दर्ता नभए पनि होटेल व्यवसाय सञ्चालन गर्न पाइन्छ । होटेल व्यवसायीहरूले स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएर हस्पिटालिटी सेवा उपलब्ध गराउन सक्छन् । ‘तारेस्तरको मान्यता लिनका लागि विभागमा दर्ता हुनैपर्छ,’ जिसीले भने, ‘तर, सञ्चालन गर्नका लागि अन्य निकायमा दर्ता भए पनि हुन्छ ।’यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग