परराष्ट्र नीति प्रभावकारी बनाउन सुझाव

काठमाडौँ, साउन ३१ गते । परराष्ट्रविद्हरूले विदेशी मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप उचाइमा पु-याउन सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ । यही नै वर्तमान सरकारको परराष्ट्र नीतिको मुख्य कार्यभार र चुनौती हुने विश्लेषण परराष्ट्रविद्हरूको छ ।
यस विषयमा सरकारलाई सुझाव दिन स्वतन्त्र थिङ्क ट्याङ्कका रूपमा पूर्वराजदूत सङ्घ नेपालले आफ्नो अध्ययन थालेको छ । सङ्घका अध्यक्ष डा. शम्भुराम सिम्खडाले साङ्गठनिक संरचना, नीतिगत कमजोरी तथा अन्तर्राष्ट्रिय सम्बन्धका अपर्याप्तताको खाली ठाउँ भर्नेगरी सरकारले आफ्ना कदम अघि बढाउन जरुरी रहेको बताउनुुभयो ।
सोहीअनुसार सरकारलाई ठोस तथा मौलिक सुझाव दिने तयारी भइरहेको उहाँले बताउनुभयो । सङ्घले अहिले विषयवस्तुका विषयमा आन्तरिक छलफल गरिरहेको छ । ठोस मुुद्दामा केन्द्रित रहेर प्रधानमन्त्री कार्यालय, परराष्ट्र, अर्थ, वाणिज्यलगायत सरोकारवाला मन्त्रालयसँगको अन्तरसम्बन्ध प्रस्ट्याउँदै गहन छलफल गर्ने तयारी गरिएको छ । सिम्खडाका अनुसार परराष्ट्र नीति प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले नेपालको राष्ट्रिय हित र स्वार्थका मुख्य विषय पहिचान गर्नुपर्ने, परराष्ट्र नीतिसँग सम्बन्धित संस्थागत संरचनाबीच समन्वय र वृहत् सुधार गर्नुपर्ने हुन्छ । त्यसैगरी, राजनीतिक कूटनीतिलाई मात्र महìव नदिई आर्थिक कूटनीति, खोप कूटनीति र श्रम कूटनीतिलाई अग्रस्थानमा राखेर परराष्ट्र सम्बन्धको दीर्घकालीन गोरेटोलाई बलियो बनाउनु जरुरी छ ।
देशको प्रमुख कार्यकारीले परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्र हाँक्ने प्रचलन विश्वमा रहिआएको छ तर नेपालमा बारम्बारको राजनीतिक अस्थिरताले कूटनीतिक क्षेत्र बढी प्रभावित बन्ने गरेको उहाँ दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बहुदलीय प्रतिस्पर्धा हुनु राम्रो हो तर त्यसले सुरक्षा तथा कूटनीतिमा दख्खल दिनुभएन, त्यसो हुँदा कूटनीतिक बेथिति नेपालमा बढी भइरहेको छ ।” सरकार परिवर्तन भएपिच्छे राजदूत फेरिरहँदा नेपालको राजनीतिक अस्थिरताको सन्देश विदेशमा गइरहेको उहाँले बत(ाउनुभयो । पहिल्यै योग्य व्यक्ति छानेर अन्तर्राष्ट्रिय छवि बलियो पार्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

देशभर पार्टी सदस्यता वितरण एवम् नवीकरणको कार्य पूूरा गर्ने प्रस्ताव गरिएको छ । चार महिनासम्म निरन्तर माओवादीले पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने जनाइएको छ । त्यस्तै, असोज महिनामा देशभरका सबै वडामा एकैदिन सम्मेलन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । टोलदेखि वडा हुँदै गाउँ सम्मेलन गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । प्रस्तावअनुसार, असोज १० गते सेल र टोल भेला गर्ने, असोज २० गते वडा भेला सम्पन्न गर्ने, असोज ३० गते पालिका भेला गर्ने, ७७ वटै जिल्लाको सम्मेलन पनि एकैदिन कात्तिक ३० गते गर्ने प्रस्ताव छ । यसैगरी, मङ्सिर १५ मा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र माओ दिवसको अवसर पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार, पार्टीको विधान संशोधन प्रस्ताव पेस गरिएको र राजनीतिक प्रतिवेदन एवम् विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रीय सदस्यहरूको आठवटा समूह विभाजन गरिएको छ । बैठकमा कार्यसूची पेस गर्नुअघि अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जुनसुकै बेला पनि अल्पमतमा पर्न सक्ने बैठकमा जानकारी गराउनुभएको थियो । उहाँले वर्तमान सरकार माधव नेपालको अडानका कारणले टिकेको केन्द्रीय सदस्यलाई जानकारी गराउनुभएको थियो ।
माधव नेपालले दह्रोसँग अडिदिनुभएकाले यो सरकारको बहुमत रहेको र यो सरकार जतिबेला पनि अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजिरहेको कुरा अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुभएको थियो ।
‘‘जसपाको वैधानिकतापछि २० सांसद, काँग्रेस र माओवादीको सांसद १११ जोड्दा पनि १३१ मात्र पुग्छ, त्यसैले खतराको घण्टी टरिसकेको छैन,’’ प्रचण्डको भनाइ उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो । उहाँले माओवादीका कारण सरकार विस्तार ढिलो नभएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री देउवाले मन्त्रीको नाम माग्नेबित्तिकै स्थायी कमिटीको बैठक बसेर मन्त्रीको नाम पठाइने बताउनुभयो ।
जसपाको आधिकारिकता विवाद र एमालेभित्रको अन्तरसङ्घर्षका कारणले केही समय सरकार विस्तारमा ढिलाइ भए पनि प्रधानमन्त्री आफैँले काँग्रेस कार्यसमितिको बैठकपछि सरकार विस्तार गरौँ भन्नुभएकाले केही समय ढिला भएको श्रेष्ठले बताउनुभयो । अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रतिवेदनमा वर्तमान सत्तारूढ गठबन्धनलाई अब आउने निर्वाचनसम्म कायमै राख्ने पार्टीको नीति रहने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह गरेका राइडरको मृत्यु, श्रम अधिकार र ट्राफिक व्यवस्थापनबारे गम्भीर प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश