खोप प्रमाणीकरणमा सहज

काठमाडौ, साउन १० गते । रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा हुनुहुन्छ । यसअघि उहाँ तीन वर्ष कतार बसेर आउनुभएको हो । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा)अघि उहाँ काठमाडौ आउनुभएको थियो ।
निषेधाज्ञापछि उहाँ कतार जान पाउनुभएको छैन । दुई महिनाका लागि बिदामा आउनुभएका दाहाल अहिलेसम्म नेपालमै हुनुहुन्छ । कतारमा काम गरिरहेको संस्थाले कोरोनाविरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उहाँ अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।
उहाँले वीर अस्पतालमा छ घण्टा लाइनमा बसेपछि बल्लतल्ल खोप लगाउनुभयो तर पनि उहाँ कतार जान पाउनुभएको छैन । खोप लगाएको प्रमाणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ९ बजे खोप प्रमाणीकरणका लागि पुग्नुभयो । उहाँले बेलुकी ४ बजे मात्र खोप प्रमाणीकरणको प्रमाणपत्र पाउनुभएको छ । दुई दिन यही काममा अलमलिनुभएका दाहालले अब भने सहजै कतार पुगेर आफ्नो कामलाई निरन्तरता दिनुहुनेछ ।
यस्तै खोटाङ चर्खौले घर भई हाल स्वयम्भू बस्दै आउनुभएका नवराज सुवेदी पनि दुई वर्ष विदेशमा काम गरेर नेपाल फर्किनुभएको थियो । डेढ महिनाको बिदा लिएर नेपाल आउनुभएका सुवेदीको समस्या त्यही हो । नेपाल आउनेबित्तिकै कोरोना बढेकाले यतिखेर उहाँ नेपालमै हुनुहुन्छ । जोन्सन एन्ड जोन्सनको खोप लगाइसक्नुभएका उहाँले अब भने विदेश उड्न पाउनुहुने छ । खोप प्रमाणीकरणका लागि उहाँले दुई घण्टा मात्र लाममा बस्नुप-यो । पछि चिनेको साथीमार्फत छिट्टै खोप प्रमाणीकरण गर्नुभयो ।
यसअघि टेकु अस्पतालमा खोप प्रमाणीकरणका लागि हजारौँको लाइन हुने गरेको थियो । उक्त विषय गोरखापत्र दैनिकलगायतले उठाएपछि अहिले सरकारले खोप प्रमाणीकरणका लागि टेकुसहित चार अस्पताललाई तोकेको छ । दाहाल र सुवेदीजस्ता हजारौँ विदेशमा काम गर्न जाने युवाले खोप लगाउन र प्रमाणीकरणका लागि धेरै दुःख झेल्नुप¥यो । चारवटा केन्द्र तोकेपछि अब अन्य विदेश जानेले प्रमाणीकरणका लागि दुःख झेल्नुपर्ने छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एउटै अस्पतालबाट मात्र खोप प्रमाणीकरणको व्यवस्था गर्दा धेरैले लाइनमा बसेर दुःख पाएको भन्दै तीन स्थानमा उक्त सुविधा थप गरिएको जानकारी दिनुभयो । अब विदेश जानेहरूले खोप प्रमाणीकरणका लागि दुःख नपाउने अवस्था सिर्जना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले सुरुमा टेकु अस्पतालबाट मात्रै खोप प्रमाणीकरणका लागि आउँदा समस्या भएपछि सरकारले नयाँ स्थान थप गरेपछि अवस्था सामान्य भइसकेको जानकारी दिनुभयो । वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले सरकारले यसअघि नै खोप प्रमाणीकरणका लागि ठाउँ तोक्नुपर्ने बताउनुभयो । नेपालीले खोप लगाइसकेपछि पनि खोप लगाएको छु भन्नका लागि दुःख पाउनु ज्यादै दुःखद विषय भएको उहाँ बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले एउटा मात्र केन्द्रमा हजारौँको लाइन भएपछि काठमाडौँ र ललितपुरका गरी चार ठाउँबाट कोभिड खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था गरेको छ । टेकुमा खोप कार्ड प्रमाणीकरण गराउनेको चाप अत्यधिक बढेपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै थप तीन ठाउँबाट सो कार्य गर्ने निर्णय भएको हो ।
सो निर्णयअनुसार टेकुसहित मीनभवनस्थित सिभिल अस्पताल, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालबाट समेत खोप कार्ड प्रमाणीकरण हुनेछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक गौतमले अब यस्तो समस्या नहुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल