बाढीपहिरोले मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद

मनाङ, असार २ः भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ । तालगाउँसम्म थप जनशक्ति पठाउन पनि सकिने अवस्था नरहेको प्रहरीले बताएको छ ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मानवीय क्षति हुनबाट रोकेपनि भौतिक क्षति भएको बताए । उनका अनुसार सदरकुमाम चामेमा पाँच वटा पक्कि र केही कच्ची घर बाढीमा बगेका छन । राती वर्षा कम हुँदा खोलामा वहाव घटेको भएपनि बिहान फेरि वर्षा सुरु भएपछि वहाव बढ्न थालेको छ ।

सबैभन्दा बढी घर नासोँ गाउँपालिका–१ तालमा डुबानमा परेका थिए । तालमा झन्डै ६० घर रहेपनि ती सबैजसो घरमा पानी पसेको छ । सञ्चार र सडक सम्पर्क बिच्छेद हुँदा तालसम्म पुग्ने बाटो पनि छैन । तालसम्म पुग्ने सडक पुरै बिच्छेद भएको छ । तीनवटा काठे र २ वटा पक्कि पुल बगेका छन ।

‘हामी स्थानीयसँग बढो कठिनका साथ सम्पर्कमा त छौ । तर, आउजाउ सहज छैन । तत्काल पुग्ने अवस्था नै छैन,’ उनले भने, ‘किनकी त्यहाँसम्म पुग्ने बाटो नै छैन । पुल नै बगेका छन ।’ तालका बासिन्दा पाल टाँगेर बसेको उनले बताए । कपितय आफन्तकहाँ र धारापानीसम्म पुगेर आश्रय लिएको पनि खड्काले बताए । ‘एक गाउँबाट अर्काे गाउँसम्म आउजाउ गर्न सहज छैन,’ उनले भने ।

उनका अनुसार २०५३ मा मनाङमा यसैगरि बाढी आएको थियो । सदरमुकाम चामेका बासिन्दालाई हालै निर्माण सकिएको कारागार भवनमा राखिएको उनले बताए । त्यसबाहेक गाउँपालिकाको भवनमा पनि स्थानीयलाई राखिएको छ । घर छाडेका स्थानीय तत्काल फर्किने अवस्था पनि नरहेको उनले बताए । बिस्थापितलाई स्थानीय तहले खानाको व्यवस्था गरेका छन । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ