बाढीपहिरोले मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद

मनाङ, असार २ः भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ । तालगाउँसम्म थप जनशक्ति पठाउन पनि सकिने अवस्था नरहेको प्रहरीले बताएको छ ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मानवीय क्षति हुनबाट रोकेपनि भौतिक क्षति भएको बताए । उनका अनुसार सदरकुमाम चामेमा पाँच वटा पक्कि र केही कच्ची घर बाढीमा बगेका छन । राती वर्षा कम हुँदा खोलामा वहाव घटेको भएपनि बिहान फेरि वर्षा सुरु भएपछि वहाव बढ्न थालेको छ ।

सबैभन्दा बढी घर नासोँ गाउँपालिका–१ तालमा डुबानमा परेका थिए । तालमा झन्डै ६० घर रहेपनि ती सबैजसो घरमा पानी पसेको छ । सञ्चार र सडक सम्पर्क बिच्छेद हुँदा तालसम्म पुग्ने बाटो पनि छैन । तालसम्म पुग्ने सडक पुरै बिच्छेद भएको छ । तीनवटा काठे र २ वटा पक्कि पुल बगेका छन ।

‘हामी स्थानीयसँग बढो कठिनका साथ सम्पर्कमा त छौ । तर, आउजाउ सहज छैन । तत्काल पुग्ने अवस्था नै छैन,’ उनले भने, ‘किनकी त्यहाँसम्म पुग्ने बाटो नै छैन । पुल नै बगेका छन ।’ तालका बासिन्दा पाल टाँगेर बसेको उनले बताए । कपितय आफन्तकहाँ र धारापानीसम्म पुगेर आश्रय लिएको पनि खड्काले बताए । ‘एक गाउँबाट अर्काे गाउँसम्म आउजाउ गर्न सहज छैन,’ उनले भने ।

उनका अनुसार २०५३ मा मनाङमा यसैगरि बाढी आएको थियो । सदरमुकाम चामेका बासिन्दालाई हालै निर्माण सकिएको कारागार भवनमा राखिएको उनले बताए । त्यसबाहेक गाउँपालिकाको भवनमा पनि स्थानीयलाई राखिएको छ । घर छाडेका स्थानीय तत्काल फर्किने अवस्था पनि नरहेको उनले बताए । बिस्थापितलाई स्थानीय तहले खानाको व्यवस्था गरेका छन । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।